Ad image

गाउँपालिका अध्यक्ष बुढाथोकीद्धारा विद्यालयको नवनिर्मित भवन उद्घाटन

मालश्री खबर
मालश्री खबर २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर वैशाख २८ गते, रोल्पा ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेवाङमा रहेको उक्त भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरीएको हो । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । भवन ४ कोठाको रहेको छ ।

शुभम निर्माण सेवाले उक्त विद्यालयको भवन बनाउने ठेक्का लिएको थियो । कुल ७७ लाख २७ हजार ९ सय ९८ को लागतमा निर्माण भएको हो । २०८० असार २९ मा काम कार्य सम्पन्न गर्ने गरी २०७९ असार १२ गते सुनिलस्मृति गाउँपालिका र शुभम निर्माण सेवाले आयोजनामा सम्झौता गरेको थियो । शुभम निर्माण सेवाले कार्य सम्पन्न गर्ने सम्झौता भन्दा २ महिना अगावै भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।

- Advertisement -
Ad image

विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाथोकीले निर्माण कार्यको सम्झौता भन्दा अगावै कार्य सम्पन्न गरेकोमा शुभम निर्माण सेवालाई धन्यबाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array