Ad image

नेपाल प्रेस युनियन रोल्पाको ५ औँ अधिवेशनबाट अध्यक्षमा पुनः चन्द चयन

मालश्री खबर
मालश्री खबर २६ बैशाख २०८०, मंगलवार
4 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर बैशाख २६ गते, रोल्पा ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको ५ औँ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको सभाहल लिवाङमा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो । ५ औँ अधिवेशनले १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा पुनः लोकेन्द्र चन्द, उपाध्यक्षमा नरेश आचार्य, समावेशी उपाध्यक्षमा हिमाली खड्का, सचिवमा उमा बस्नेत, सह—सविचमा हिमा खड्का, कोषाध्यक्षमा सन्दिप डाँगी, सदस्यहरुमा रामचन्द्र आचार्य, कमल खड्का, तुल्सीप्रसाद पुन, शुसिला केसी, सुर्यप्रकाश बुढामगर, स्मरण पुन र भरत विश्वकर्मा चयन भएका छन् ।  चयन भएका नयाँ कार्यसमिति सर्वसहमत रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।

  

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रोल्पाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी किशोरकुमार आचार्यले पत्रकारीता पेशा स्वतन्त्र पेशा भएको भन्दै प्रेस युनियन पनि नेपाली कांग्रेसको शुवेच्छुक संस्था भएकाले कसैको दवाबमा  नरही आफ्नो क्षेत्रमा तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो । साथै नयाँ कार्य समितिले आगामी दिनमा सशक्त भएर आफ्ना कार्यहरु गर्न सुझाव दिदै नयाँ कार्यसमतिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

- Advertisement -
Ad image


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाल प्रेस युनियन केन्द्रिय कमिटीका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वच्छ, मर्यादित र अनुसासित भएर आफ्नो ठाउँ तथा क्षेत्रमा भएका सम्पुर्ण गतिविधिलाई निष्पक्ष ढंगले सम्प्रेसन गर्न समेत आग्रह गर्नु भएको छ । नयाँ कार्यसमितिलाई बधाई दिदै पद अनुसार आफुले गर्नु पर्ने काम, कर्तव्य र अधिकारको पालना गर्न आग्रह समेत गर्नुभएको छ । नेपाल प्रेस युनियनको केन्द्रिय कमिटीले असहज अवस्थामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।


कार्यक्रममा बोल्ने अन्य अतिथीहरुले नयाँ कार्यसमितिलाई बधाई दिदै पत्रकारीताको मर्यादा भित्र रही कलम चलाउनु पर्ने बताएक छन् । कुनै एउटा पार्टीको शुवेच्छुक रहेपनि पत्रकारहरुले समाज परिवर्तनको लागि सधै एउटै दृष्टिकोण राखी अगाडी बढ्न र समाज रुपान्तरणको लागि भूमिका खेल्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल प्रेस युनियनलाई विभिन्न तवरबाट योगदान गरेको भन्दै नेपाल प्रेस युनियन रोल्पाका संस्थापक अध्यक्ष राजेश बुढाथोकी, प्रेस युनियन रोल्पाका निवर्तमान अध्यक्ष कविता उपाध्याय, नेपा प्रेस युनियन लुम्बिीनी प्रदेशका उपाध्यक्ष पहलमान पुनलाई सम्मान समेत गरेको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा सुरु भएको थियो । उक्त , नेपाली कांग्रेस रोल्पाका पुर्व सभापति माधबप्रदास आचर्य, पुर्वपार्टी सभापति कृष्णबहादुर घर्ति, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका अध्यक्ष सुदिप गौतम, केन्द्रिय प्रतिनिधि सन्तोस सुवेदी, महासचिव नविन गिरी, नेपाली कांगेस रोल्पाका उपाध्यक्ष कविता उपाध्याय, नेपाली कांगेस रोल्पाका वरिष्ठ सदस्य एवम सभापतीका प्रत्यासी मानबहादुर खत्री, नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामोदर प्रसाद सुवेदी, नेपाल निजामती कर्मचारी युनियन रोल्पाका अध्यक्ष इन्दिरा अधिकारी, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष खुविना सुनारीमगर, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङले मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सांसद लेखनाथ आचार्य, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका उपाध्यक्ष पहलमा घर्ति,नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका सदस्य देवेन्द्र बस्नेत, नेपाली कांग्रेस रोल्पाका सचिव सेरबहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका उपाध्यक्ष नरेश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका सदस्य हिमाली खड्काले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array