Ad image

सुनिलस्मृति गाउँपालिका, गाउँसभाको १४ औँ अधिवेशनको पहिलो बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर २६ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

भरत विश्वकर्मा

सुनिलस्मृति गाउँपालिका, गाउँसभाको १४ औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ ।जन आंकाक्षा पुरा गर्ने हाम्रो संकल्प , दिगाो विकास र शुसासन मात्र विकल्प भन्ने मुुल नाराको साथ सुनिलस्मृति गाउँपालिकाको गाउँसभाको पहिलो बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले गाउँसभामा आगामी आर्थिक बर्ष २०८०, ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रमको गाउँसभामा उपस्थित गाउँसभाको सदस्यहरुले प्रतिक्रिया दिनु भएको थियो ।

सुनिलस्मृति गाउँपालिको अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा, सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय आधिकृत दिनेश पौडेल, गाउँसभाका सदस्यहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न शाखामा कार्यरत कर्मचारी, , राजनैतिक दल, विभिन्न मिडियामा आबद्ध पत्रकार लगाएतको सहभागी रहेको थियो ।

- Advertisement -
Ad image

बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्ताबित नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष बुढाथोकीले पेश गर्नु भएको थियो । अध्यक्षले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम माथि जनप्रतिनिधिहरुले सुझाव समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array