Ad image

परिवर्तन गाउँपालिकामा शिक्षकहरुका लागि आईसिटी तालिम सुरु

मालश्री खबर
मालश्री खबर २५ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, २५ बैशाख रोल्पा ।

मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षकहरुका लागि आईसिटी तालिम परिवर्तन गाउँपालिका पुतलाचौरमा सोमबार देखि सुरु भएको छ । परिवर्तन गाउँकार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा पुतलाचौरको आयोजनामा सोमबार देखि बुधबार सम्म ३ दिने आईसिटी तालिम सुरु भएको हो ।

परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरको अध्यक्षतामा सुरुभएको कार्यक्रममा लेखा अधिकृत ध्रुबराज न्यौपानेको आतिथ्यता रहेको थियो । तालिममा परिवर्तन गाउँपालिका भित्रका ३ ओटा वडा २ राङ्सी, ५ राङ्कोट र ६ इरिबाङका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक गरि २१ जनाको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

दुई निजी विद्यालयका १–१ जना गरी तालिममा जम्मा २३ जना प्रशिक्षार्थी शिक्षकहरूको सहभागी भएको आयोजकले जानकारी दिएको छ । तालिमको प्रशिक्षकमा भिम प्रकाश पुन रहनु भएको छ । तालिममा इमेज प्रणाली र आईसिटी सम्बन्धि सिकाउने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरले बताउनु भयो ।

अन्य ३ वडा परिवर्तन गाउँपालिका–१ कुरेली, ४ पाछाबाङ र ३ इरिबाङ्मा पनि बैशाख २८ गतेदेखि बैशाख ३० गतेसम्म सञ्चालन हुने बताइएको छ । मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्ला समन्वयकर्ता शिभ बाँठामगरले लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी हुँदा ग्रामीण क्षेत्रका शैक्षिक अवस्थालाई सुधार गर्नका लागि सञ्चालन गरिएको र भइरहेको बताउनु भएको छ ।

बाँठा मगरले तालिमको महत्त्व र उदेश्यका बारेमा प्रकाश पार्नु भएको थियो।तालिम कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख बालाराम वलीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array