Ad image

सुआहाराको जिल्ला स्तरीय सिकाई आदान-प्रदान कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २५ बैशाख २०८०, सोमबार
4 Min Read
Aa

उमा बस्नेत

सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय सिकाई आदान—प्रदान कार्यक्रम सम्पन्न भएको छ । सुआहारा रोल्पाको आयोजनामा सोमबार सदरमुकाम लिवाङमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुआहाराले दोस्रो कार्यक्रम अन्तर्गत गरेका गतिविधिहरु र त्यसले ल्याएको परिवर्तनको बारेमा सिकाई आदान—प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा सुआहाराले गरेको विविध गतिविधिका बारेमा विभिन्न व्यक्तिले प्रस्तुतीकरण गरेका थिए । गाउँपालिका तथा नगरपालिका अनुसार स्वास्थ्य तथा पोषण सम्बन्धी मुख्य सूचकहरुको अवस्था, उपलव्धी र सिकाईको बारेमा स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलले प्रस्तुतीकरण गर्नु भएको थियो । सुआहारा दोस्रो कार्यक्रमको प्रभाव मुल्याकंन नतिजाको बारेमा रोल्पा सुआहारा कार्यक्रमका कृषि विज्ञ अर्जुन श्रेष्ठले प्रकाश पर्नु भएको थियो । कार्यक्रममा सुआहारा दोस्रो कार्यक्रको मोडालिटि, मुख्य कृयाकलाप, प्रतिफल तथा उपलब्धी, सिकाई र प्राथमिकता सम्बन्धी प्रस्तुतीकरण सुआहाराका बरिष्ठ कार्यक्रम विज्ञ विर बोहोराले गर्नुभएको थियो । सुआहाराको मुख्य प्राथमिकताको बारेमा टेकेन्द्र घर्तिले जाकारी दिनु भएको थियो ।

सुआहारा दोस्रो कार्यक्रमबाट पोषण र स्वास्थ्यको बारेमा जानकारीका साथै व्यवहार परिवर्तन भए पनि अझै पुर्ण रुपमा सफलता प्राप्त गर्न नसकेकाले अवका दिनमा स्थानीय तहले पनि पोषण र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न सुआहारा परियोजना केन्द्रका रोजी सुवालले आग्रह गर्नु भएको छ । उहाँले सुआहाराले लिएको उक्त कार्यक्रम सम्पनन गर्नको लागि साथ सहयोग गर्ने सम्पुणलाई कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।

- Advertisement -
Ad image

रोल्पा जिल्लामा रहेका १० वटै स्थानीय  तहको प्रतिनिधिको रुपमा बोल्दै रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले समुदायमा स्वास्थ्य र पोषणको बारेमा चेतनाको स्तर बढाएको बताउदै घर्तिले आमा र बच्चाको पोषण र स्वास्थ्यको बारेमा सुआहारा कार्यक्रमले धेरै सकारात्मक प्रभाव पारेको बताउनु भएको छ । सुआहाराको यस्तो कार्य प्रति रोल्पाका सबै स्थानीय तहले धन्यवाद व्यक्त गरेको र आगामी दिनमा सुआहाराले यस्तो कार्यक्रलाई निरन्तरता दिने छ भन्नेमा आफुहरु आस्वस्त रहेको समेत बताउनु भएको छ । सुआहाराले गर्दै आएको कार्यलाई स्थानिय तहले पनि सहकार्य गर्ने उहाको धारणा रहेको छ ।

कार्यक्रममा सुआहाराले खेलेको भुमिका र त्यसले आम समुदायको पोषण र स्वास्थ्यमा लिएको परिवर्तन बारे सहभागिहरुले सकारात्मक धारण राखेका थिए । बच्चा स्वास्थ हुनको लागि बच्चा गर्भमा रहेदेखि आमाको पोषण, स्वास्थ्य अवस्था, परिवारको हेरचाहर, घरयासी उत्पादनमा जोड लगाएतका सम्पुर्ण कुरा समेटेको सुआहारा कार्यक्रमले सम्पुर्ण परिवारको व्यवहार परिवर्तन गरेको कुरा बताएका थिए । सुआहाराले कार्यक्रम सञ्चालन गरेका जिल्ला र त्यस बाहेकका जिल्लामा देखिएको प्रभाव निकै फरक भएको भन्दै आम समुदायमा सुआहारा कार्यक्रमले व्यवहार परिवर्तनमा ठुलो भुमिका खेलेको बताएका छन् । सुआहाराले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिओस भन्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।

सुआहारा दोस्रो कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गरेको भन्दै रुडास नेपालका अध्यक्ष भिमबहादुर घर्तिमगरलाई प्रसंशा पत्र समत प्रदान गरिएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा रोल्पा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, सुआहाराका फिल्ड अधिकृत लगाएतको उपस्थिति रहेको थियो । रुडास नेपालका संस्थापक अध्यक्ष शोभाराम डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो । विभिन्न जिल्लामा सञ्चालन भएको सुआहारा दोस्रो कार्यक्रम सकिएको पनि आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array