Ad image

परिवर्तन गाउँपालिका ६ खेलकुद विकास समितिले ग¥यो खेलाडीहरुलाई सम्मान

मालश्री खबर
मालश्री खबर २५ बैशाख २०८०, सोमबार
3 Min Read
Aa

सूर्य प्रकाश बुढा मगर, २५ बैशाख रोल्पा ।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वडा नं. ६ बाट सहभागी भएर स्थान लिने खेलाडीहरुलाई सम्मान गरिएको छ । परिवर्तन गाउँपालिका वडा नं. ६ खेलकुद विकास समितिको आयोजनामा आइतबारका दिन सम्मान कार्यक्रम भएको हो ।

विभिन्न बिधा तर्फको खेलमा सहभागी भइ परिवर्तन गाउँपालिका वडा नं. ६ बाट प्रतिनिधित्व गरी १ स्वर्ण, १ रजत र ५ कास्य गरि जम्मा ७ पदक प्राप्त गरि छैठौं भएर परिवर्तन गाउँपालिका वडा नं. ६ को शिर उच्च बनाउन सहयोग गरेको भन्दै सुकिदह युवा क्लबले खेलाडीहरुलाई सम्मान पत्रले सम्मान गरेको हो ।

- Advertisement -
Ad image

सुकिदह युवा क्लबका अध्यक्ष तथा खेलकुद विकास समिती परिवर्तन गाउँपालिका–६ का अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढामगरको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सचीव कर्ण बहादुर बुढामगरको विशिष्ट आतिथ्यतामा पुरुष ५ हजार मिटर दौड प्रतियोगिताका प्रथम पूर्ण बहादुर बुढामगर, महिला १ हजार ५ सय मिटर दौड प्रतियोगिताका दोस्रो नविना बुढामगर, महिला ८ सय मिटर दौड प्रतियोगिताका तेस्रो कल्पना घर्तीमगर, पुरुष २ सय मिटर दौड प्रतियोगिताका तेस्रो पूर्ण बहादुर बुढामगर, महिला २ सय मिटर दौड प्रतियोगिताका तेस्रो नौमाली घर्तीमगर, लङजम्प प्रतियोगिताका तेस्रो पवन बुढामगर र ज्याबलिङ थ्रो प्रतियोगिताका तेस्रो रवि बुढामगर लगायतलाई सम्मान पत्रले परिवर्तन गाउँपालिका–६ को वडा कार्यालय कोल्बोटमा सम्मान गरिएको बताइएको छ ।

सम्मान कार्यक्रममा परिवर्तन गाउँपालिका–६ का वडा सदस्य अर्जुन बुढामगर, ओमसरा बुढामगर, कल्पना परियार, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–६ का सभापती वीर बहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका–६ का अध्यक्ष भुपेन्द्र बुढामगर, नाफे टोल विकास संस्थाका अध्यक्ष लुद्र बहादुर बुढामगर, चाबाङ टोल विकास संस्थाका सचीव रविन बुढामगर, आधारभूत स्वास्थ्य इकाईका समिता बुढामगर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक पह बहादुर बुढामगर, शिक्षिका निर्दोशी घर्तीमगर र परिवर्तन गाउँपालिका–६ का टिम कोर्च दिनेश बुढामगर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका–६ का वडा सचीव हिरामणी रोकामगरले गरेका थिए । परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता १५ बैशाख देखि २० बैशाख सम्म सहिद स्मृति रङ्गशाला परिवर्तन गाउँपालिका–५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array