Ad image

७ नंम्बर वडा पुर्ण खोप सुनिश्चितता भए संगै रुन्टीगढी गाउँपालिका पुर्ण खोप घोषणा

मालश्री खबर
मालश्री खबर २५ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

कमल खड्का, बैशाख २५ गते रोल्पा ।

रुन्टीगढी गाउँपालिकाको ७ नंम्बर वडा हिजो पुर्ण खोप वडा सुनिश्चितता घोषणा भएको छ । “स्थानीय स्वामित्व र सहभागीता, पुर्ण खोप वडा सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ पुर्ण खोप सुनिश्चितता घोषणा भएको हो ।

रुन्टीगढी गाउँपालिका वडा नं ७ मा रहेका १३६ जना बालवालिकालाई सम्पुर्ण खोप लगाए पछि यस वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो । यस वडा सगैं रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण वडामा पुर्ण खोप वडा सुनिश्चितता घोषणा भई सकेका छन ।

- Advertisement -
Ad image

शिशुले लगाउनु पर्ने सम्पुर्ण खोप लगाइ सकेपछि पुर्ण खोप वडा घोषणा गरिन्छ । सोही अनुरुप रुन्टीगढी का ९ वटै वडामा पुर्ण खोप वडा घोषणा भएको हो । वडा सचिब रमेश वलीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमलाई ब्यानर पढेर प्रमुख अतिथी यवंम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गर्नु भएको थियो ।

शिशुलाई १२ प्रकारको खोप गर्भवती महिलालाइ पाठेघर क्यानसरबाट बचाउन १ गरि १३ प्रकारको खोप लगाए पछि पुुर्ण खोप भएको मान्यता हुने गर्दछ । रुन्टीगढी वडा नम्बर ७ मा तीन खोप केन्द्र बाट खोप दिदै आएको सि. अनमी जुनकुमारी घर्ती जानकारी दिनु भयो । बलवाङ केन्द्रबाट १५ गते लेकधावाङ केन्द्रबाट १६ गते र स्वास्थ्य चौकी झेनाम बाट १७ गते दिइदै आएको छ ।

झेनाम स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता पत्र पढेर कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा नम्बर ७ का अध्यक्ष टेक लाल पुनले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो । अतिथीहरुमा स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, वडा नम्बर ७ का निर्वतमान अध्यक्ष जङग बहादुर घर्ती,वडा सदस्यहरु राम बहादुर रेउले,चन्द्र बहादुर पुन, सावित्रा बुढा, वसन्ती सुनार, झेनाम स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य देबिका घर्ती अहेव भिम सेन बुढा रहनु भएको थियो ।

कार्यक्रममा आमा समुह स्वास्थ्य स्वयमंसेवीका लगाएत स्थानीहरुको सहभागीता रहेको थियो । कार्यक्रम वडा नम्बर ७ को वडा हलमा सम्पनन भएको थियो । कार्यक्रमको सहजिकरण झेनाम स्वास्थ्य चौकीका प्रमुख त्रिपुरा थापाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array