महिला मञ्च २०८० रुपन्देहीमा शुरु, मुलुकको बिकासका लागी महिला नेतृत्व आवश्यक रहेकोमा जोड

मालश्री खबर
मालश्री खबर २४ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

 मालाश्री खबर/ बैशाख २४ गते रोल्पा ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र बिकासका लागी महिला नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षमा बनाउन सके मुलुकको बिकास सम्भव रहेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका करिब ४० वटा मानव अधिकारको क्षत्रेमा काम गर्ने बिभिन्न संघ संस्थाको संयुत आयोजनामा रुपन्देहीको तिलोत्तमामा शुरु भएको दिगो बिकासका लागी महिला नेतृत्व बिषयक दुईदिने महिला मञ्च २०८० लाई आईतबार सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुर्व मुख्यमन्त्री गिरीले प्राकृतिक रुपमा महिलाहरु अझै धेरै जोखिममा हुनुुहुन्छ, सन्तान उत्पादन गर्ने क्षमता महिलाहरुमा मात्रै छ, त्यो भार पुरुषले झेल्नु पर्दैैन,त्यसैले यो बिषयमा राज्यले बिशेष खालका निति कानुन निर्माण गरेर अघि बढ्नुपर्छ, भन्नुभयो । महिलाहरुको प्रयास र आन्दोलन निरन्तर रुपमा अगाडी बढीरहनुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री गिरीले तिनै तहका सरकारले रोजगारी सिर्जना गर्ने गरि अबको योजना बनाउन आवश्यक रहेको बताउदै महिलाहरुले दिएको योगदानको राज्यले कदर गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबैको समान स्तरको उन्नति गर्नका लागी राजनितिक परिबर्तन गरेको बताउदै बिशेष गरि महिलाका मुद्धामा लुम्बिनी प्रदेशमा कानुन निर्माणमा जोड दिने प्रतिबद्धता ब्यक्तm गर्नुभयो । कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष महिला अधिकारकर्मी डा रेणु अधिकारीले असमान शक्ती सम्बन्धका बारेमा खुलेर छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।

न्याय, समानता र पर्यावरणिय अधिकारमा सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासको निश्चितता भन्ने मुख्य नारा तय गरिएको कार्यक्रममा बोल्दै अधिकारीले महिलाहरुको समान सहभागिता र महिला नेतृत्व अबको आवश्यकता रहेको बताउनुभयो । अधिकारीले पाएका महिला अधिकार पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक, ओरेक नेपालका केन्द्रिय सल्लाहकार भुमिका श्रेष्ठले महिला र पुरुष मात्रै भनिरहदा अल्पसंख्यक समुदायका समस्या र मुद्धा ओझेलमा पर्ने गरेको बताउनुभयो । श्रेष्ठले सबै नागरिकलाई उत्तिकै सम्मान सहितको अधिकार स्थापित हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्