Ad image

त्रिशिद्वेश्वरी राप्ती यातायात प्रालिद्वारा होलेरीमा प्रतीक्षालय र मन्दिर निर्माण

मालश्री खबर
मालश्री खबर २३ बैशाख २०८०, शनिबार
2 Min Read
Aa

बिरेन्द्र घर्तिमगर / बैशाख २३ गते रोल्पा ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ को डुविंडाडामा रहेको योगि पेट्रोल पम्पको सडक छेउमा त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि तुलसीपुर दाङद्वारा यात्रु प्रतीक्षालय तथा विश्वक्रर्मा बाबाको मन्दिर निर्माण गरिएको छ । प्रतीक्षालय तथा विश्वकर्मा बाबाको मन्दिर उद्वघाटन शनिबार रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले गर्नु भएको त्यँहा बाट पत्रकार बिरेन्द्र घर्तिमगरले जानकारी दिनु भएको छ । योगि पेट्रोल पम्पका संचालक एवम त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि का संरक्षक भरतनाथ योगिको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रमको प्रमुख अतिथि रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको बताइएको छ ।

कार्यक्रमको बिशिस्ट अतिथिमा, रुन्टिगढी गाउँपालिका निबर्तमान अध्यक्ष बालाराम बुढामगर रहनु भएको त्यँहा बाट पत्रकार घतिमगरले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ । उक्त कार्यक्रमको अन्य अतिथिहरुमा रुन्टिगढी गाँउपालिका वडा न. ५ नम्बर वडा अध्यक्ष गोबिन्द बहादुर डागी ,वडा न. ७ का अध्यक्ष टेकलाल पुन , ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरीक्षक नारायण बहादुर जि.सि, पत्रकार, उद्योगि व्यावसायी लगाएतको आतिथ्यता रहेको थियो ।

 

- Advertisement -
Ad image

उक्त उद्वघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि तुलसीपुर दाङले प्रतीक्षालय तथा विश्वक्रर्मा बाबाको मन्दिर निर्माण गरि पुन्यको काम गरेको भन्दै प्रशंसा गरेका थिए । साथै सडकमा हिड्डुल गर्ने पैदल यात्रु,सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाइ प्रतिक्षालयमा बसेर बिस्राम गर्न र थकाइ मेटाउनको लागी सजिलो हुने बताएको थिए ।

प्रतिक्षालय र मन्दिरको जम्मा २ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण भएको बताइएको छ । योगीले प्रतिक्षालयमा शौचालय र खानेपानीको धाराको अति आबस्यक रहेकोले स्थानीय पालिकाले जति सक्दो छिटो सहयोग गरि निर्माण गरिदिनेमा आफुहरुको ठुलो अपेक्षा रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका पुर्ब कार्यालय प्रमुख लोकराज पराजुलीले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array