Ad image

परिवर्तन गाउँपालिकामा गर्भवतीहरुलाई निःशुल्क भिडिओ एक्सरे सेवा

मालश्री खबर
मालश्री खबर २३ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, बैशाख २३ गते रोल्पा ।

गर्भवतीहरुलाई निःशुल्क भिडिओ एक्सरे सेवा आज परिवर्तन गाउँपालिका–१ कुरेलीको स्वास्थ्य चौकी कुरेलीमा सम्पन्न भएको छ ।
परिवर्तन गाउँपालिकाको स्वास्थ्य शाखा पुतलाचौर रोल्पाको आयोजनामा बिहीबार देखि गर्भवतीहरुलाई निःशुल्क भिडिओ एक्सरे सेवा सुरु गरेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

आज भएको गर्भवतीहरुलाई निःशुल्क भिडिओ एक्सरे सेवामा परिवर्तन गाउँपालिका–१ कुरेलीका १७ जनाले सेवा लिएको स्वास्थ्य चौकी कुरेलीका ल्याब असिस्टेन्ट प्रबिण कुमार बुढा मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

अब देखि गर्भवती अबस्थामा भिडिओ एक्सरे गर्नको लागि गाडी भाडा तिरेर बाहिर जानुपर्ने बाध्यता हट्ने भएको ल्याब असिस्टेन्ट प्रबिण कुमार बुढा मगरले बताउनुभयो । गर्भवतीहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा परिवर्तन गाउँपालिका भित्रका ६ ओटै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

Array