Ad image

पत्रकारहरुको क्षमता अभिबृद्धि तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन

मालश्री खबर
मालश्री खबर २३ बैशाख २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर वैशाख २३ गते, रोल्पा ।

पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिमको सुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रोल्पा भित्रका सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्श्यले तालिम सञ्चालन भएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको सहयोगमा उक्त तालिम बुधबार बाट सुरु भएको थियो । समापन कार्यक्रमको अध्यक्षतामा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर रहनु भएको थियो ।

- Advertisement -
Ad image

अतिथीहरूमा नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काशिराम डागी, निवर्तमान अध्यक्ष महेश नेउपाने, पुर्व अध्यक्ष मौसम रोका, नेपाल टेलिभिजनका माधवकुमार वलीको उपस्थित रहेको थियो । ३ दिनको पत्रकारिता अभिवृद्धि तालिमको सम्पन्न पछि २ दिन प्रत्यक्ष फिल्डमा तालिम हुने नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले अबको पत्रकारितामा नयाँपन, उत्कृष्ट आउनु पर्ने बताउनुभएको छ । रोल्पाको पत्रकारको क्षमता अभिबृद्धिको लागी नगरपालिकाले गरेको अपेक्षा लाई आफ्नो कलमको माध्यमद्धारा पुरा गर्न तालिममा सहभागीता जनाउनु भएका पत्रकारहरुलाई सुझाब समेत व्यक्त गर्र्नु भएको छ । यो तालिम मिडियामा आबद्ध पत्रकारहरुको लागी दिइएकाले सहभागी पत्रकारहरुको क्षमतामा थप बृद्धि भएर जाने अपेक्षा राख्नु भएको छ । पत्रकारले आफ्नो कलम चलाउदा सम्मेमित भएर चलाउन आग्रह गर्नुभयो ।

३ दिन सम्म सञ्चालित क्षमता अभिवृद्धि तालिममा रोल्पा जिल्ला बाट पत्रकारिता गर्दै आइरहनुभएका विभिन्न राष्ट्रिय तथा स्थानिय मिडिया क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार बाट तालिम प्रदान गरेको थियो । बैशाख २० गते बुधबार बाट सुरु भएको तालिममा प्रशिक्षकको रुपमा रहेर नेपाल पत्रकार महासंघ रोल्पाका निर्बतमान अध्यक्ष मानसिंह विश्वकर्माले स्थानिय छापा पत्रिका सम्बन्धि तालिम दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढामगरले राष्ट्रिय समाचारहरु कसरी लेख्न सकिन्छ भन्ने बारेमा तालिम दिनुभएको थियो । नेपाल पत्रकार महासंघ रोल्पाका निर्बतमान अध्यक्ष महेश न्यौपानेले विकास पत्रकारिता, खोज पत्रकारिता र फिचर समाचारका बारेमा तालिम दिनु भएृको थियो ।

नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष मौसम रोका मगरले रेडियो पत्रकारिता सम्बन्धि तालिम दिनु भएको थियो । नेपाल पत्रकार महासंघ रोल्पाका सल्लाहकार माधव कुमार ओलीले टेलिभिजन पत्रकारिताको बारेमा तालिम दिनुभएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापति काशीराम डाँगीले सम्पादकिय र पत्रकार आचारसंहिताको बारेमा तालिम दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array