Ad image

निजी विद्यालयमा कार्यरत शिक्षकहरुका लागि २ दिने तालिम राङ्सीमा सुरु

मालश्री खबर
मालश्री खबर २२ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर वैशाख २२ गते, रोल्पा ।
परिवर्तन गाउँपालिका भित्र रहेका निजि तथा आवासिय विद्यालयमा कार्यरत रहेका शिक्षकहरुको लागि २ दिने शिक्षक तालिम शुक्रबार देखि परिवर्तन गाउँपालिका वडा न. २ राङ्सीमा सुरु भएको छ । बैशाख २२ गतेका दिन एक औपचारिक कार्यक्रमका बीच वडा कार्यलय राङ्सी रोल्पाको सभाहलमा उद्घाटन गरिएको हो ।

रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल राङ्सीका फाउन्डर एवं प्रिन्सिपल कमल वलीको अध्यक्षतामा भएको शिक्षक तालिम उद्घघाटन कार्यक्रमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर रहनु भएको थियोे । कार्यक्रमको विशिष्ट अतिथीमा परिवर्तन पालिका वडा न. २ राङ्सीका वडा अध्यक्ष हरिप्रसाद बुढा मगर र नेपाल शिक्षक महासंघ रोल्पाका अध्यक्ष भीम प्रकाश पुन मगर रहनु भएको थियो ।

साथै शिक्षक तालिम सहजीकरणको लागि प्रमुख प्रशिक्षकको रुपमा मोटिभेश्नल स्पिकर डाइनामिक लिडर डि.आर. भण्डारी तथा मन्टेश्वरी प्रशिक्षक सावित्रा पोख्रेलले गर्नु भएको थियो । यस्तै शिक्षक तालिममा सहभागिताको लागि रोल्पा रेडियसन बोर्डिङ स्कुल राङ्सी, थ्री मोर्डन इङलिस बोर्डिङ स्कुल बागमारा र स्टार इङलिस बोर्डिङ स्कुल कुरेलीका ३० जना शिक्षकहरुको तालिममा सहभागी भएको जनाइएको छ ।

- Advertisement -
Ad image

अब नविनतम शिक्षा पद्धति आधुनिक सीप संगै गुणस्तरीय शिक्षाको लागि तालिम अपरिहार्य रहेको बताइएको छ । तालिम २२ बैशाख देखि २३ बैशाख २ दिनसम्म चल्ने आयोजकले जानकारी गराएको छ । स्टार इङलिस बोर्डिङ स्कुल कुरेलीका प्रिन्सिपल लोकचन्द्र डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा रेडियसन बोर्डिङ स्कुल राङ्सीका शिक्षक दुर्गा प्रसाद विष्टले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array