Ad image

पत्रकारहरूको क्षमता अभिवृद्धि तलिम बिहिबार दोस्रो दिन पनी जारी

मालश्री खबर
मालश्री खबर २२ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर वैशाख २२ गते, रोल्पा ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर रोल्पाका क्रियाशिल पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिमको बिहिबार दोस्रो दिन पनी जारी रहेको छ । दिवसको अवसरमा रोल्पा भित्रका सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्श्यले तालिम सञ्चालन भइरहेको छ ।

५ दिने क्षमता अभिबृद्धि तालिमको औपचारिक रुपमा बुधबार बाट सुरु भएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

तालिम नेपाल पत्रकार महासंघ रोल्पाको सभा हलमा संचालन भईरहेको बताइएको छ । बिहिबार तालिमको प्रशिक्षको रुपमा नेपाल पत्रकार महासंघ रोल्पाका निर्वतमान अध्यक्ष महेश नेउपाने, पुर्ब अध्यक्ष खेम बुढामगर, मौसम रोका रहनु भएको थियो ।

प्रशिक्षक महेश नेउपानेले बिकास पत्रकार र खोज पत्रकारको बारेमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । खेम बुढामगर र मौसम रोकाले रेडियो पत्रकार, कार्यक्रमको स्कृप कसरी तयार गर्ने, रेडियो रिपोटिङको बारेका प्रशिक्षण दिनुभएको थियो । तालिममा रोल्पा जिल्ला भित्रका सञ्चार माध्ययममा आबद्ध पत्रकारको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array