Ad image

बजार ब्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्छौ : अध्यक्ष बुढाथोकी

मालश्री खबर
मालश्री खबर २१ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

गणेश केसी

गाउँपालिका भित्रका बजारहरु ब्यवस्थापन गर्न सुनिलस्मृति गाउँपालिकाले नगर प्रहरी परिचालन गर्ने भएको छ । नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले उक्त कुरा उल्लेख गर्नु भएको हो ।

सुनिलस्मृति गाउँपालिका भित्रका बजारहरुमा फोहोर ब्यवस्थापन, ट्राफिक नियमको पालना गर्न तथा बजार क्षेत्रमा हुने चारी डकैटीका घटनाहरु कम गर्नका लागि नगर प्रहरी परिचालन गरिने अध्यक्षले जानकारी दिनु भएको हो । सुलिचौर बजारमा जथाभाबी पार्किङ गर्ने, सडक नै अवरुद्ध हुने गरि साँघुरो सडकमा सवारी साधन रोकेर राख्ने, सडक अवरुद्ध हुने गरि सामान लोड अनलोड गर्ने समस्या भएकाले उक्त समस्या हटाउनका लागि पनि नगर प्रहरीको परिचालन गरिने उहाले बताउनु भएको छ । बजारमा ट्रफिक ब्यवस्थापन तथा पार्किङका लागि गाउँपालिकाले जग्गा भाडामा लिएकाले सोही स्थानमा पार्किङ गर्न समेत अध्यक्ष बुढाथोकीले आग्रह गर्नु भएको छ ।

बजार क्षेत्रमा जथाभाबी फोहोर फाल्ने, रातको समयमा सार्वजनिक स्थानमा लुकिछिपी फोहोर फाल्नेहरुलाई निग्रानी गर्न पनि नगर प्रहरी परिचालन गरिने उहाको भनाई छ । गाउँपालिकाले छनौट गरेका ५ जना नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष बुढाथोकीले उक्त कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

गाउँपालिका क्षेत्र भित्र हुने अमानविय गतिविधी रोक्न पनि नगर प्रहरी परिचालन गरिने उपाध्यक्ष मिना थापाले जानकारी दिनु भएको छ । माधक पदार्थ सेवन गरि होहल्ला गर्ने, लैगिक हिंसा गर्ने साथै गाउँपालिका भित्रका विभिन्न स्थानमा हुने चोरी डकैती नियन्त्रण गर्न पनि नगर प्रहरीले भूमिका खेल्ने उपाध्यक्ष थापाले प्रतिकृया दिनु भएको छ ।सुनिलस्मृति गाउँपालिकाका नगर प्रहरीहरुलाई विहीबार आज एक कार्यक्रमका विच दज्यानी चिन्ह प्रदान गरिने कार्यक्रमका उहाले यस्तो बताउनु भएको हो ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले नगर प्रहरीहरुलाई दज्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बैशाख १ गते नगर प्रहरी सहायक निरीक्षकमा केशमान विष्ट, नगर प्रहरी जवानमा टेकेन्द्र वि.क., गिताराम घर्तीमगर, अर्जुन सुनार र सदिक्षा महरा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्