Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ बैशाख २०८०, बिहीबार
3 Min Read
Aa

सुर्यप्रकाश बुढामगर

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद“ भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बैशाख १५ गतेदेखि २० गतेसम्म आयोजना गरिएको खेलकुद प्रतियोगिताको बुधबार आज सम्पन्न भएको हो ।

खेलकुद प्रतियोगिता सहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका–५ राङ्कोट्को धामाचौरमा आयोजना गरिएको थियोद । प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रबाट छनोट भएका ६ वटै वडाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगीतामा ५७ ओटा गोल मेडल समेटिएको थियो । जसमा परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पाले २४ स्वर्ण, १४ रजत र ९ कास्य गरि जम्मा ४७ प्राप्त गर्दै प्रथम भएको छ भने बिजेता पुरस्कार नगद रु १ लाख समेत प्राप्त गरेको छ । परिवर्तन गाउँपालिका–१ कुरेली रोल्पाले १० स्वर्ण, १० रजत र १५ कास्य गरि जम्मा ३५ प्राप्त गर्दै दोस्रो भएको छ भने उप–बिजेता पुरस्कार नगद रु ५० हजार समेत प्राप्त गरेको छ ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका–४ पाछाबाङ रोल्पाले ४ स्वर्ण,१७ रजत र ६ कास्य गरि जम्मा २७ प्राप्त गर्दै तेस्रो भएको छ । परिवर्तन गाउँपालिका–५ राङ्कोट रोल्पाले ९ स्वर्ण, ५ रजत र ६ कास्य गरि जम्मा २० प्राप्त गर्दै चौथो भएको छ ।

परिवर्तन गाउँपालिका–३ इरिबाङ थुनिकोट रोल्पाले ४ स्वर्ण, ७ रजत र ५ कास्य गरि जम्मा १६ प्राप्त गर्दै पाँचौं भएको छ । परिवर्तन गाउँपालिका–६ इरिबाङ रोल्पाले १ स्वर्ण, १ रजत र ५ कास्य गरि जम्मा ७ प्राप्त गर्दै छैठौं भएको छ ।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पुरुष भलिबलको फाइनल खेलमा परिवर्तन गाउँपालिका–५ राङ्कोटसँग विवाद भएको भन्दै परिवर्तन गाउँपालिका–१ कुरेलीले आफ्नो कुनै पनि पुरस्कार लिएको छैन ।

परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियोे भने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगर र परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम लगायतको आतिथ्यता रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष बुढा मगरले गोल मेडल वितरण गर्नु भएको थियो भने गाउँपालिकाका प्रवक्ता बुढा मगरले अबिर ल्याप्न गर्नु भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जि.एमले प्रमाणपत्र वितरण गर्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्यामकुमार शाहीले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

 

smartcapture

प्रतिक्रिया दिनुहोस्

Array