Ad image

गंगादेवमा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविर सम्पन्न , ९९ जनाले लिए सेवा

मालश्री खबर
मालश्री खबर २१ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

हिमाली खड्का /मालश्री खबर वैशाख २१ गते, रोल्पा ।
गंगादेव गाउँपालिकामा विहिबार निःशुल्क शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । गंगादेव गाउँपालिका र विकलाङ्ग मित्र समुह अपाङ्ग तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रेको संयुक्त आयोजनामा गंगादेव गाउँपालिका वडा नं. २ जिनाबाङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

 

उक्त शिविरमा ९९ जनाले सेवा लिएका छन् । जसमा ४० जना बालक र ५९ जना बालिका रहेका छन् । शिविरमा ३ बालकलाई बैशाखी वितरण गरीएको छ भने २ वाललिका वार्कर वितरण गरीएको छ । सोही शिविरमा ७ जना बालबालिकालाई अर्थोपेडिक सहयाक सामाग्री प्रदान गरीएको छ । त्यसैगरी ५ जना बालकलाई ह्वील चेयर प्रदान गरीएको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

शिविरमा सेवा लिएका मध्ये ५ जना बालक र ६ जना बालिका गरी जम्म ११ जनाई विकलाङ्ग मित्र समुह अपाङ्ग तथा पुस्र्थापना केन्द्र मा सल्यक्रियको लागि रेफर गरीएको छ । शिविरमा ३२ जना बालिका र ४७ जना बालकलाई फिजियो थेरापी गर्नु पर्ने देखिएको छ । शिवरमा अर्थोपेडिक सर्जरी डाक्टर सबिन पोख्रेल, नर्स मनिसा खड्का, सहायक सिविआर होमराज केसी स्थानिय डाक्टर गणेश भण्डारी, फिजियो थेरापी दिपेश देउला लगाएतबाट सेवा प्रवाह गरीएको गंगादेव गाउँपालिकाका सामाजिक परिचालक तिकाराम डाँगीले जानकारी दिनु भएको छ ।

बालबालिकालाई अप्रेशनको लागि अंपागं बाल अस्पतालमा रेफर गरीएको समेत बताइएको छ । शिविरमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुका शिविरमा सहभागि भएका थिए । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा वाहिर फर्केको खुट्टा लुलो वा कमजोर भएको, जोर्नी वा घुडाको समस्या भएको, ढाड बाङ्गो वा कुर्पो भएको, जोर्नी दुख्ने वा सुन्निे, शरीरको विभिन्न जोर्नीहरु बाङ्गो भएको लगाएतका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुको परिक्षण गराएको थिए । उक्त शिविरमा गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता केसी, गाउँपालिका भित्रका विभिन्न स्वास्थ्यकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array