Ad image

गंगादेव गाउँपालिकाले बुधबार वडा नं. ६ र ७ मा समाजिक सुरक्षा भत्ता वितरण गर्‍यो

मालश्री खबर
मालश्री खबर २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

हिमाली खड्का / मालश्री खबर वैशाख २१ गते, रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकाले बुधबार वडा नं. ६ र ७ मा समाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।वडा नं.१ ओतबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण बुधबार वडा नं. ६ र ७ को राँकमा वितरण गरिएको गंगादेव गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गंगादेव गाउँपालिका उपाध्यक्ष अमृताकुमारी के.सी, वडा नं. ६ का वडा अध्यक्षविरबहादुर वली, वड नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश केसी, वडा नं. ६ का वडा अध्यक्ष विमल खड्का, गाउँपालिकाका महिला तथा बालबालीका शाखाका तिलक वली, ग्लोबल आई.एम.ई बैंक सुकिदह शाखाका प्रमुख शुगुम श्रेष्ठ लगाएतको उपस्थीती रहेको थियो ।

- Advertisement -
Ad image

सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आउनुका साथै भौगोललिक विकटता, यातायात असुविधा, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई पैदल हिड्न समेत टाढा भएकाले बैंक सगंको सहकार्यमा गंगादेव गाउँपाललिकाले वडा तथागाउँ–गाउँमै पुगी सामाजिक सुरक्षाभत्तावितरण गरिरहेको छ ।

 

गंगादेव गाउँपालिका उपाध्यक्ष अमृताकुमारी के.सी ले जेष्ठ नागरीक, अपांग तथा फरक क्षेमता भएका व्यक्तिहरुलाई सहजहोस भन्ने उद्ययश्यले टोल टोलमापुगेर यो कार्यको सुरुवातगरिएकोे बताउनु भयो । यसरी गाउँमै आएर हात–हातमाभत्ता दिएपछि नागरीकहरु खुसीभएका छन् भने गंगादेव गाउँपालिकाले थालनी गरेको यो सह्रानिय कार्यलाई निरन्तरता दिइरहन सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array