Ad image

नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको सातौं जिल्ला अधिवेशनको सुलिचौरमा उद्धघाटन

मालश्री खबर
मालश्री खबर १८ बैशाख २०८०, सोमबार
3 Min Read
Aa

मालश्री खबर बैशाख १७ गते, रोल्पा ।
नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको सातौं जिल्ला अधिवेशन सुलिचौरमा उद्धघाटन भएको छ । श्रमको सम्मान गरौं, श्रमशक्ति नै राष्ट्र शक्ति हो भन्ने मुल नाराको साथमा अधिवेशन सुरु गरिएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।


नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिंह घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य र कार्यक्रमको बिशिष्ट अतिथिमा पुर्ब सांसद लेखनाथ आचार्य रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आचार्य, नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती एंव समाजसेवी राजनितिज्ञ कृष्ण बहादुर घर्तिमगर, नेपाल शिक्षक संघका संघिय परिषद सदस्य भगबती मल्ल, नेपाल शिक्षक संघका निबर्तमान संघिय परिषद सदस्य नरेन्द्रध्वज डिसी, नेपाल शिक्षक महासंघ रोल्पाका महासचिव नर बहादुर सेन, नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष होमलाल बिष्ट, र नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पाटी सचिव शेर बहादुर थापा, नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय उपसभापति अनिल पुन लागएत आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्ने कार्यक्रमका प्रमुख अतिथि बिशिष्ट अतिथि लगाएत अन्य बत्ताहरुले नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको यो अधिवेसन बाट आउने नँया नेतृत्व अत्यन्तै ससत्त र क्रियाशिल बन्नु पर्नेमा सुझाब दिएका थिय । नेतृत्वको लागी सकभर सर्बसहमत नेतृत्वच चयन गर्नको लागी समेत सुझाव दिएका छन् । संगठनलाई बलियो बनाउनको लागी एक आपसमा लडेर होइन, मिलेर गए मात्र बलियो र ससत्त बनाउन सकिने भएको हुनाले सबै मिलेर नेतृत्व चयन गर्नु पर्नेमा समेत कार्यक्रममा बोल्ने बत्ताहरुले सल्लाह दिएको थिए ।
रुख बलियो हुनको लागी जसरी रुखका जराहरु बलियो हुनु पर्छ त्यसरी नै एउटा पाटी बलियो बनाउनको लागी पाटीका बिभिन्न हागाहरु जस्तै पाटीको लागी नेपाल ट्रेड युनियन कांगेस पनि त्यतिकै बलियो जरा भएको हुनाले यो संस्थालाई बलियो बनाएर लैजान सुझाब दिएका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका निबर्तमान जिल्ला अध्यक्ष सालिकराम केसिको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका सदस्य गोबिन्द खनालले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

 

अधिवेशन बाट नरेन्द्रध्वज डिसीको नेतृत्वमा सर्बसहमत नँया कार्यसमिती चएन भएको नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिंह घर्तिमगरले जानकारी दिनु भएको छ । कार्यसमितीको दोस्रो म¥र्यादा क्रममा पदने सदस्यको रुपमा नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिंह घर्तिमगर रहनु भएको छ ।

समितीको खुल्ला उपाध्यक्षमा हिरा बहादुर थापा, सेवा क्षेत्र तर्फको उपाध्यक्षमा दिपेन्द्र केसि,महिला उपाध्यक्षमा पुष्पा महरा क्षेत्री, सचिवमा गोबिन्द प्रसाद खनाल, सहसचिवमा शसिराम बिष्ट, कोषाध्यक्षमा रेशम बुढाथोकि, र सहकोषाध्यक्षमा प्रसंसा थापा बिष्ट, रहेको घर्तिमगरले बताउनु भएको छ । समितीको सदस्यहरुमा मणिराम खत्री, लालबहादुर घर्तिमगर, कुमार रोका, रामश्वर झाक्री, र बिष्णु केसि रहनु भएको छ । अधिवेसन बाट संघिय परिषद प्रतिनिधीमा लाल बहादुर बिष्ट र प्रदेश प्रतिनिनिधिमा अनिल कुमार सुनार सर्वसहमत चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array