Ad image

गंगादेव ५ पाखापानीमा सामाजिक सुरक्षाभत्तावितरण

मालश्री खबर
मालश्री खबर १८ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

 

हिमाली खड्का

मालश्री खबर बैशाख १७ गते, रोल्पा ।

गंगादेवगाउँपालिकाले आइतबार वडा नं. ५ पाखापानीमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरको छ । वडा न. १ ओत बाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वडा नं. ५ मावितरण गरिएको गंगादेव गाउँपालिकाले जनाएको छ ।

- Advertisement -
Ad image

 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गंगादेव गाउँपालिका अध्यक्ष हरीबहादुर पुन, उपाध्यक्ष अमृताकुमारी के.सी, वडा नं. ५ वडा अध्यक्ष अमृतबहादुर वुढामगर, गाउँपालिकाका महिला तथा बालबालीका शाखाका तिलक वली, ग्लोबल आई.एम.ई बैंक सुकिदह शाखाका प्रमुख शुगम श्रेष्ठ, लगाएतको उपस्थीती रहेको थियो ।

गंगादेव गाउँपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको सहजताका लागी वडा तथा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकोे छ । साथै विगतमा पालिकाको केन्द्रमा रहेको सुकिदह बैंकको शाखामा भत्ता लिन जाँदा लाईन कुर्नु पर्ने, नेट नचल्ने जस्ता समस्या नागरिकहरुले भोग्दै आएको हुदा जेष्ठ नागरीक, अपांगतथा फरक क्षेमता भएकाव् यक्तिहरुलाई सहज होस भन्ने उद्ययश्यले गाउँमै पुगेर यो कार्यको सुरुवात गरेको हो ।

यसरी गाउँमै आयर हात–हातमाभत्ता दिएपछि नागरीकहरु पनि खुसी भएका छन् भने गंगादेव गाउँपालिकाले थालनी गरेको यो सह्रानिय कार्यलाई निरन्तरता िदइरहन सुझाव समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array