Ad image

आत्महत्या र बालविवाह न्यूनिकरण गर्न सक्रिय बन्दै स्थानिय सरकार

मालश्री खबर
मालश्री खबर १७ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिका आत्महत्या र बालविवाह न्यूनिकरण गर्नमा सक्रिय बन्न थालेको छ । उपाध्यक्षसंग महिला कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा पुगेर गाउँपालिकाले आत्महत्या र बालविवाह न्यूनिकरणका बारेमा सचेतना फैलाउन थालेको हो ।

आज आइतबार सुनिलस्मृति गाउँपालिका वडा नं. २ हरिगाउँमा उपाध्यक्षसंग महिला कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

ज्योती प्रकाश मावि हरिगाउँमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले समाजमा जरो गाडेर बसेको आत्महत्या र बालविवाह न्यूनिकरण गर्नका लागि हामी सबै मिलेर लाग्नु पर्ने बताउनु भएको छ । बालविवाहका कारण बालवालिकाको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले यसका बारेमा जनचेतना फैलाउनु आवश्यक भएको उहाले बताउनु भएको छ । बालविवाह गरि सानैमा गर्भवति भएमा प्रजनन् अंगमा समस्या आउने, आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने, बालिकाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा नकरात्मक असर पर्ने, पारिवारीक बेमेल हुने जस्ता समस्या हुने भएकाले बालविवाह गर्न नहुने उपाध्यक्ष थापाले बताउनु भएको छ ।

 

- Advertisement -
Ad image

ज्योती प्रकाश माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सुनिलस्मृति गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक देबराज घर्तीले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक कमलराज भट्टराइको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा सुलिनस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापा रहनु भएको थियो । कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा अधयक्ष नेत्रबहादुर गिरीको समेत आतिथ्यता रहेको थियो ।

 

सुनिलस्मृति गाउँपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रमको समन्वय सहास नेपाल रोल्पाले गरेको थियो । सम्पन्न कार्यक्रममा बालविवाह र आत्महत्याको बारेमा इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख ओमप्रकाश वाग्लेले सहजिकरण गर्नु भएको थियो । बालवालिकाको मनोविज्ञानका बारेमा शिक्षा शाखा प्रमुख यादव केसी र उत्प्रेरणा र भविश्यका बारेमा सहास नेपाल रोल्पाका कार्यक्रम संयोजक सरोज पन्थीले सहजिकरण गर्नु भएको थियो ।

विभिन्न विद्यालय तथा ग्रामिण इलाकामा रहेका बस्तिहरुमा गाउँपालिकाले यस्ता प्रकृतिको कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ । समाजमा बालविवाह र आत्महत्याका घटनाहरु दिन प्रति दिन बढ्दै गएकाले सचेतनामूलक कार्यक्रम संचालन गर्न थालिएको उपाध्यक्ष थापाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array