Ad image

प्रथम राष्ट्रिय लेखक दिवसको अवसरमा रोल्पामा शुभकामना आदानप्रदान

मालश्री खबर
मालश्री खबर १६ बैशाख २०८०, शनिबार
3 Min Read
Aa

उमा बस्नेत
प्रथम राष्ट्रिय लेखक दिवसको अवसरमा रोल्पामा पनि शुभकामना आदानप्रदान गरीएको छ । शनिवार नेपाली लेखक संघ जिल्ला शाखा रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सुशील कोइराला स्मृति भवनको सभाहल लिवाङमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्यको बारेमा नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मर्सिफुलले प्रस्त्याउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले लेखकहरुले समाज परिवर्तनका लागि योगदान दिनुपर्ने बताउनुभयो । नेपाली लेखकहरुले सधै जनता र देशको पक्षमा कलम चलाउनको लागि अनुरोध गर्नुभएको छ । लेखकहरुले समाजहरुलाई मार्ग दर्शन गर्नुपर्ने बताउदै प्रथम राष्ट्रिय लेखक दिवश २०८० को शुभकामना समेत व्यक्त गर्नुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्ने विशिष्ट तथा प्रमुख अतिथीहरुले नेपाली लेखक संघले लिएको उद्देश्य स्रहानिय भएको बताएका थिए । नेपाल भरका विभिन्न लेखक, सर्जक र श्रष्टालाई समावेश गरेर आफ्लो लेख र सिर्जनाको माध्यमबाट देशलाई परिवर्तनको बाटोमा हिडाउनको लागि योगदान गर्ने लेखकलाई सम्मान गर्ने कुरा राम्रो भएको प्रतिकृया दिएका छन् । यस संस्थाले आ—आफ्नो क्षेत्रमा कलम चलाउने, लुकेर रहेका प्रतिभाको खोजी गर्ने, सर्जकको प्रतिभाको सम्मान गर्र्ने कार्य गर्न पनि सुझाव दिएका छन् । आगामी दिनमा नेपाली लेखक संंघले अझै उत्कृष्ट कार्य गर्दै जाओस भनी शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने नेपाली लेखक संघले केन्द्रमा वितरण गर्दै आएको राष्ट्रिय लेखक पुरस्कार जस्तै रोल्पामा भएका स्रष्टालाई पनि हौसला स्वरुप पुरस्कार प्रदान गर्ने, सबै साहित्यिक संस्था मिलेर सर्जकको नयाँ कृति प्रशकाशन गर्ने र राष्ट्रिय लेखक दिवसका दिन ति सर्जकलाई पुरस्कृत गर्न प्रस्ताव समेत राख्नु भएको थियो । उक्त प्रस्तावमा उपस्थिती भएका व्यक्तिहरुले सहमती जनाएका छन् ।

- Advertisement -
Ad image

नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्र्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस रोल्पाका पार्टी सभापति किशोरकुमार आचार्य रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा नेपाली कांगे्रस रोल्पाका पुर्व पार्टी सभापती माधवप्रसाद आचार्य, कृष्णबहादुर घर्ति रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथीहरुमा नेपाली कांग्रेस रोल्पका उपाध्यक्ष कविता उपाध्याय, पुर्व पार्टी उपसभापती इन्द्रबहादुर खत्री, नेपाली कांग्रेस महासमति सदस्य नारायन प्रसाद सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हिमाल सुवेदी, बरिष्ठ साहित्यकार डिबी टुहुरो, लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ओम पंछी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्वअध्यक्ष खेमबुढा, मानसिङ विश्वकर्मा र महेश न्यौपाने, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसका एकाई सभापती दिपक विष्ट लगाएत विभिन्न सर्जकहरुको उपस्थिती रहेको थियो ।

नेपाली लेखक संघ रोल्पाका कोषाध्यक्ष कल्पना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली लेखक संघ रोल्पाका सह—सचिव उमा बस्नेतले गर्नुभएको थियो । प्रथम राष्ट्रिय लेखक दिवस नेपालको ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाइएको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array