Ad image

गंगादेव ४ पाखापानीको विभिन्न टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण

मालश्री खबर
मालश्री खबर १५ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

हिमाली खड्का/मालश्री खबर बैशाख १५ गते, रोल्पा ।
रोल्पाको गंगादेव गाउँपालिकाले गाउँमै पुगी वितरण गरिरहेको समाजिक सुरक्षा भत्ता निरन्तरता दिइरहेको छ । वडा न. १ ओत बाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता सुक्रबार वडा नं. ४ पाखापानीको मालेखोला, दलसिङे, सुपाटोट्के, बसारेचौर लगाएतका विभिन्न टोल-टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गंगादेव गाउँपालिकाले जनाएको छ ।

शुक्रबारको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी, वडा नं. ४ का कार्य वाहक वडा अध्यक्ष इन्द्र बहादुर खत्री, गाउँपालिकाका महिला तथा बालबालीका शाखाका तिलक वली, पञ्जीकरण शाखाका तिर्थराज वली, ग्लोबल आई.एम.ई बैंक सुकिदह शाखाका प्रमुख शुगम श्रेष्ठ, लगाएतको उपस्थीती रहेको थियो ।

सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आउनुका साथै भौगोललिक विकटता, यातायात असुविधा, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई पैदल हिड्न समेत टाढा भएकाले बैंक सगंको सहकार्यमा गंगादेव गाउँपाललिकाले गाउँ–गाउँमै पुगी सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको छ । जस अन्र्तगत १७ गते आइतबार वडा नं. ५मा वितरण गरीने गाउँपालिकाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी ले जेष्ठ नागरीक, अपांग तथा फरक क्षेमता भएका व्यक्तिहरुलाई सहज होस भन्ने उदेश्यले टोल टोलमा पुगेर यो कार्यको सुरुवात गरिएकोे बताउनु भयो । यसरी गाउँमै आएर हात–हातमा भत्ता दिएपछि नागरीकहरु खुसी भएका छन् भने गंगादेव गाउँपालिकाले थालनी गरेको यो सह्राहनिय कार्यलाई निरन्तरता दिइरहन सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array