Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ बैशाख २०८०, शुक्रबार
8 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर बैशाख १५ गते, रोल्पा ।
वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० उद्घाटन समारोह सम्पन्न भएको छ।परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति,रोल्पाको आयोजनामा मिति २०८० साल बैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुन लागेको हो।परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षमा भएको अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशका सांसद दीपेन्द्र कुमार पुन(सिजल) रहनु भएको थियो।

प्रमुख अतिथी पुनले नेपालमा अहिले राजनीतिक अवस्था धमलिएको समेत बताउनु भएको छ । पुनले पाल्समा दीप प्रज्वलन गर्दै केही समय अगाडि मात्र नेकपा एमाले सँग सरकार बनाएको र केही कुरा नमिल्दा छोटो समयमै गठबन्धन तोडेर नेपाली कांग्रेस सँग मिलेर पुरानै गठबन्धन ब्युट्याएको समेत बताउनुभयो।कांग्रेस सँगको गठबन्धन हुँदा समेत प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएको र प्रदेशहरुमा पनि नेकपा एमाले सँगको गठबन्धन तोडेर नेपाली कांग्रेसको नेतृत्वमा प्रदेशका मुख्य मन्त्री बनेको समेत बताउनुभयो।हिजो मात्र लुम्बिनी प्रदेशको मुख्य मन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई आफूहरूले मुख्य मन्त्री बनाएको समेत बताउनुभयो।हिजो नै मुख्य मन्त्री चौधरीलाई बधाई दिएको बताउदै आज पनि देउखुरीमा सपथ ग्रहण कार्यक्रम भएको र आफूलाई यहाँ कार्यक्रममा बोलाएको र बेस्ट हुँदा हुँदै पनि आफू यहाँ आएर केही कुरा राख्ने अवसर पाएको समेत बताउनुभयो।परिवर्तन गाउँपालिकामा यो सहिद स्मृति रंगशाला प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा निर्माण हुन सफल भएको समेत बताउनुभयो।साथै आफूले परिवर्तन गाउँपालिकालाई खेलकुद मैत्रीको रूपमा पाएको समेत बताउनुभयो।यस्ता किसिमको कार्यक्रम र प्रतियोगिताले गर्दा लुकेर रहेका प्रतिभाको प्रस्फुटन हुने समेत बताउनुभयो।गाउँपालिका भित्र रहेका खेलाडीहरुलाई यो अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त भएको समेत बताउनुभयो ।

- Advertisement -
Ad image

नेपाली कांग्रेसकि महिला नेत्री तथा पूर्व सहायक राज्य मन्त्री तथा कार्यक्रमका विशिष्ट अतिथी भिम कुमारी बुढा मगरले परिवर्तन गाउँपालिका खेलकुद क्षेत्रमा सकारात्मक भएको बताउनु भएको छ । बुढा मगरले परिवर्तन गाउँपालिका शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी तथा खेलकुद क्षेत्रमा अगाडि रहेको समेत बताउनुभयो।अहिले खेलाडीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने गरी यो कार्यक्रम आयोजना गर्नु आफैमा महत्त्वपूर्ण कुरा भएको बताउनुभयो।त्यस्तै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले खेलकुदको माध्यम बाट गाउँपालिकालाई चिनाउन महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त भएको समेत बताउनुभयो।राष्ट्रिय खेलकुदमा यहाँका खेलाडीहरुले उल्लेखनीय मात्र योगदान गर्नको लागि परिवर्तन गाउँपालिका लगानी गर्न समेत तयारी रहेको समेत बताउनुभयो।अहिले परिवर्तन गाउँपालिकामा निःशुल्क शिक्षा बनाउने अभियान चलेको हुनाले २०८० देखि परिवर्तन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा भर्ना निःशुल्क गराएको समेत बताउनुभयो।अब क्रमिक रूपमा त्यो अभियानले सार्थकता पाउने समेत बताउनुभयो।

परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले लामो त्याग तपस्या र योगदानले गर्दा संघीय लोकतन्त्र स्थापना भएको समेत बताउनुभयो । बुढाले आफूहरू निर्वाचित भएर आउँदा शून्य संरचना बाट आफूहरू काम सुरु गरेको समेत बताउनुभयो । अहिले परिवर्तन गाउँपालिकामा आफूहरुको जस्तो अप्ठ्यारो परिस्थिति नभएको समेत बताउनुभयो।परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले यो कार्यक्रम बहु आयामिक भएको समेत बताउनुभयो।यहाँ खेलकुद मात्र नभएर शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रलाई समेत जोड्नु पर्ने अहिलेको आवश्यकता भएको समेत बताउनुभयो । २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी विश्व कुमार चन्दले अहिलेको नेतृत्वले खुट्टा टान्ने प्रवृत्ति भएको भन्नु गलत भएको समेत बताउनुभयो।शिक्षामा यो गरियौं त्यो गरियौं भन्नु त्यति राम्रो नभएको बताउनुभयो। परिवर्तन गाउँपालिकामा अहिलेको नेतृत्वले आफ्नो प्रतिद्वन्द्वी सँग कुनै समन्वय र सहकार्य नगर्ने गरेको समेत बताउनुभयो।आफ्नो पार्टीको तर्फबाट अहिले परिवर्तन गाउँपालिकामा तीन जना कार्यपालिका सदस्य भएको र हरेक निर्णय भाग बन्डाको आधारमा नहुने गरेको समेत बताउनुभयो । नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खडक घर्ती मगरले अहिले गाउँपालिकाले खेलाडीहरुको क्षमता प्रदर्शन गर्ने काम भएको बताउनुभयो। परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका निवर्तमान सचीव दीपेन्द्र कुमार डाँगीले आफू खेलकुद समितिमा जोडिएर काम गरि सकेको र आफ्नो तर्फबाट यो खेलकुद अवधी सम्म आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रमका  अतिथीहरुमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष मैते बुढा मगर, २ का वडा अध्यक्ष हरि प्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिल बहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, परिवर्तन गाउँ कार्यपालिकाका सदस्यहरु मोह वीर विक,उत्सिपा विक,थम बहादुर सुनार, परिवर्तन गाउँपालिकाका पूर्व उपाध्यक्ष हित कुमारी बुढा मगर,परिवर्तन गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष झपिराम डाँगी,परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका निवर्तमान सचीव दिपेन्द्र कुमार डाँगी, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खड्क घर्ती मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सदस्य पूर्वे बुढा मगर, नेकपा एमाले परिवर्तन गाउँपालिकाका सदस्य टेकेन्द्र पुन,रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्ती मगर,रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष मानसिङ विक, ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक कमल थापा, जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुन,नेपाल राष्ट्रिय नमूना माविका प्रधानाध्यापक गोपाल बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो।परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचीव ललित कुमार बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका ६ ओटै वडाबाट छनोट भएका खेलाडीहरु,जनप्रतिनिधिहरु,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, बुद्धिजीवी, व्यापारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, आमा समूह,युवा समूह,युवा क्लब, पैसरु समूह, बाजा समूह, विभिन्न झाँकी समूह लगायतको उपस्थिति रहेको थियो ।

खेलकुद प्रतियोगिता सहिद स्मृति रंगशाला धामाचौर, रोल्पामा १५ गतेदेखि २० गतेसम्म हुने आयोजकले जानकारी दिएको छ । फुटबल ढ ए साइड पुरुष तथा महिला।भलिबल पुरुष तथा महिला कबड्डी पुरुष द्यभयिध डछ महिला दभयिध ठछ एथलेटिक्स पुरुष र महिला तर्फ १ सय मिटर दौड, २सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १५ सय मिटर दौड, ३ हजार मिटर दौड र ५ हजार मिटर दौड,लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफूट ब्याटमिन्टन तर्फ मिन्स डबल, ओमन्स डबल बक्सिङ तर्फ पुरुष ५१ केजी, ५४ केजी, ५७ केजी बक्सिङ महिला तर्फ ५० केजी, ५४ केजी ४७ केजी।कराँते तर्फ पुरुष अण्डर ४२ केजी,अणडर ४५ केजी, अण्डर ५२ केजी र एकल काँटा।महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी,अण्डर ५० केजी र एकल काँटा आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह, ५१ टु ५५ केजी तौल समूह, निलो पेटी प्याट्रन, रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डान प्याट्रन महिला तर्फ ३६ टु ४० केजी तौल समूह, ४१ टु ४५ केजी तौल समूह, ४६ टु ५० केजी तौल समूह,निलो पेटी प्याट्रन, रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डान प्याट्रन लगायत रहेका छन । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम कुमार शाहीले गर्नु भएको थियो ।

          

प्रतिक्रिया दिनुहोस्