Ad image

स्थानिय तह संस्थागत क्षमता स्वमुल्याकंन LISA सम्बन्धि अभिमुखिकरण गंगादेवमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

हिमाली खड्का/मालश्री खबर बैशाख १४ गते, रोल्पा ।

स्थानिय तह संस्थागत क्षमता स्वमुल्याकंन LISA कार्यक्रम विहिबार गंगादेव गाँउपालिकामा सम्पन्न भएको छ । कर्मचारी तथा जनप्रतिनिधिको लागी LISA अभिमुखिकरण, आव २०७८ र ७९ को प्राप्त अंकउपर सुचकगत छलफल रयस आर्थिक वर्षको सुधारको लागी गर्नु पर्ने थप प्रयासहरुको बारेमा समेत छलफल गरिएको हो ।

गंगादेव गाउँपालिका गाउँकार्यपालिका अन्तर्गत सुचना प्रविधि शाखाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन, उपाध्यक्ष अमृता के.सी, गंगादेव गाउँपालिकाका निःप्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेत, स्वास्थ्य शाखा प्रमुख सक्कलदेव यादव लगाएत सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाको विभिन्न शाखामा कार्यरत सम्पुर्ण कर्मचारी ७ वटै वडाका वडा सचिव लगाएतको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण गंगादेव गाउँपालिका सुचना प्रविधि अधिकृत प्रेम प्रकाश वलीले दिनु भएकोे थियो । कार्यक्रममा पालिका बाट प्रदान गरिने सेवा प्रवाहलाई कसरी गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने भन्ने बारेमा छलफल गरिएको हो ।

साथै स्थानीय तहको सुशासनको जगको रूपमा रहेको यस मूल्यांकनको लागी गरीने काममा पहिले भएका सामान्य कमी–कमजोरीहरुलाइ सुधार गर्दै लैजानु पर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुको जोड रहेको थियो । साथै यो अभिमुखिकरण कार्यक्रम बाट गंगादेव गाउँपालिकालाई सक्षम र प्रभावकारी बनाउन संस्थागत क्षमता मुल्याकंनको अत्यन्तै आवश्यत्ता रहिछ भन्ने आफुहरुले महशुस गरेको कार्यक्रममा उपस्थीत सहभागीहरुको भनाइ रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array