Ad image

सुनिलस्मृती गाँउपालिका वडा न. ५ पूर्ण खोप सुनिश्चिता वडा घोषणा

मालश्री खबर
मालश्री खबर १४ बैशाख २०८०, बिहीबार
3 Min Read
Aa

मालश्री खबर बैशाख १४ गते, रोल्पा ।

सुनिलस्मृती गाँउपालिका वडा न. ५ लाई बिहिबार एक कार्यक्रमका बिच वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको प्रमुख आतिथ्यता र गाँउपालिका स्वास्थ्य शाखा संयोजक मोतिम आलमको बिशेष आतिथ्यतामा वडालाई पुर्ण खोप सुनिश्चित वडा घोषण गरिएको आयोजकले जानकारी दिनु भएको छ ।“स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुलनाराको साथ वडालाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको बताइएको छ । वडामा १५ महिना भित्रका बालबालिका पूर्ण खोप पाए–नपाएको सुनिश्चित गर्न हरेक वडालाई खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको सुनिलस्मृती गाँउपालिका स्वास्थ्य शाखा संयोजक आलमले बताउनु भयो । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनु पर्ने उँहाको भनाई रहेको छ । कुनै कारण बस १५ महिना भित्र बालबालिकाले खोपको पुरा मात्र दोज लगाउन बाट बञ्चित भएमा ५९ महिना सम्म पनि त्यस्ता बालबालिकालाई खोप लगाउन सकिने गाँउपालिका स्वास्थ्य शाखा संयोजक आलमले बताउनु भएको छ ।


खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको गाँउलिका अध्यक्ष मणिराम बुढाथोकिले बताउनु भएको छ । जन्मेपछि अनिबार्य खोप लगाउन पाउनु पर्ने सबै बालबालिको नैसर्गिक अधिकार भएको अध्यक्ष बुढाथोकिले बताउनु भएको छ । कुनै बालबालिका कतै कुनै कारण बस खोप लगाउन बाट बञ्चित भएको भए तुरुन्ट त्यस्ता बालबालिकालाई खोजेर भए पनि खोप लगाउनु स्वास्थ्य कर्मिहरुलाई निर्देशन दिनु भएको छ । अहिले बालबालिका लाई ‘खोज र खोप’ अनिबार्य लगाउ भन्ने नीति लिएर जान सके मात्र यो घोषणाले सार्थकता पाउने बताउनु भयो ।

 

- Advertisement -
Ad image


घोषणा गरेर मात्र कुनै पनि कार्यक्रमले लक्ष्य प्राप्त गर्न नसकने भएको हुनाले घोषणा पछि अब स्वास्थ्यकर्मि वडा कार्यालय र सिंगो स्थानिय सरकार गाँउपालिकालाई थप चुनौती थपिएको समेत बताउनु भएको छ । खोप लगाउनाले कुनै एक बालबालिका लाई मात्र स्वस्थ नबनाउने समेत गाँउपालिका अध्यक्ष बुढोकिले बताउनु भएको छ । अहिलेको बालबालिका स्वस्थ भएमा भोलीको समाज, वडा, पालिका, जिल्ला, प्रदेश र सिंगो देश स्वस्थ हुनेमा टेवा पुग्ने समेत गाँउपालिका अध्यक्ष मणिराम बुढोकिले बताउनु भएको छ । वडालाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गर्न गाँउपालिका मै पहिलो वडा भएको भन्दै वडा न. ५ को वडा कार्यालयलाई, वडा भित्रका सबै स्वास्थ्य कर्मि र आम वडा बासिहरुलाई बधाई तथा धन्यवाद समेत दिनु भएको थियो ।

वडा न. ५ का वडा तथन वडा खोप समन्वस समिती संयोजक मनि थापाको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको सञ्चालन वडा न. ५ का वडा सचिव सुरज खड्काले गर्नु भएको थियो । स्वागत मनतव्यद्धारा कार्यक्रममा सहभागि सबैलाई आधारभुत स्वास्थ्य सेवा केन्द व्यवस्थापन समितीका सदस्य लाल बहादुर घर्ति गर्नु भएको आयोजकले जानकारी दिएको छ । घोषणा कार्यक्रममा वडा भित्र रहेका सबै स्वास्थ्य कर्मि, महिला स्वास्थ्य स्वंयम सेविका, स्वास्थ्य आमा समुह, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, बुद्धिजिबी, व्यापारी,शिक्षक बिद्यार्थि लगाएत वडा बासि नागरिकहरुको समेत सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array