Ad image

दलित शब्दको बिकल्प खोज्दै नेकपा

मालश्री खबर
मालश्री खबर १४ बैशाख २०८०, बिहीबार
3 Min Read
Aa

गणेश केसी

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । नेपाल कम्यूनिष्ट पार्टी श्रमिक समुदाय केन्द्रीय बिभागको आयोजनामा कार्यक्रम सम्पन्न भएकको हो ।

परिवर्तित सन्दर्भमा दलित शब्दकै कारण धेरै समुदायले आफुलाई अपहेलित महशुस गर्ने गरेका कारण दलित शब्दको ठाउँमा श्रमिक शब्द राखि नया जातिय अध्याय सुरु गर्ने प्रयास गरेको उक्त कार्यक्रमका वत्ताहरुले बताएका छन । परम्परादेखि चल्दै आएको दलित शब्दले सानो जाती, निम्न बर्गका साथै घर भित्र समेत पश्न नपाउने, छुवाछुत जस्ता विभेदमा पर्दै र पारिदै आएका कारण यो परम्परालाई परिवर्तन गरि संसारभरका सबै मानव एक मात्र जाति भएको भन्दै सम्पुर्ण मानिसको नाम पछाडी सि जाती जोड्ने समेत महादिवेशनले निर्णय गरेको कार्यक्रममा जानकारी गराइएको छ । आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक हरेक तह र तप्कामा जात र वर्ग विहीन समाज निर्माण गर्नका लागि आफुहरुले नया प्रस्ताव लिएको समेत आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा हरेक जात, जाती, भाषा, धर्म, संस्कार सस्कृतिलाई छोडेर अव कुनै पनि विभेद नभएको, समान अवसर, कुनै हिनताबोध नहुने, समान अवसरको सृजना हुने गरी मानव जातको एक मात्र जात सि जाती हुनु पर्ने श्रमित समुदाय केन्द्रीय विभागले अवधारणा समेत प्रस्तुत गरेको छ । अवधारणामा जात, वर्णको उत्पती, यसले पारेको प्रभाव, भए गरेका सुधारका प्रयास तथा आन्दोलनहरु, विभिन्न कालखण्डमा भएको राजनीतिक घटना क्रममा जातीभेद आन्दोलनको उपलब्धि र आगामी दिनमा कसरी अगाडी जाने भन्ने बारेमा पनि केही कुरा उल्लेख गरिएको छ । कार्यक्रममा प्रस्तुत गरिएको अवधारणा पत्रमा उल्लेख भएका प्रस्तावमा सहभागिहरुले टिप्पणी, गुनासो तथा समाजमा भए गरेको घटनाक्रम र सुझाव समेत प्रस्तुत गरेका थिए ।

- Advertisement -
Ad image

श्रमिक समुदाय केन्द्रीय बिभाग प्रमुख सन्तोषी सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी रहनु भएको थियो कार्यक्रमको विशिष्ट अतिथीमा नेपाल कम्यूनिष्ट पार्टी राप्ति ब्यूरो इन्चार्ज सविन सी रहनु भएको थियो । श्रमिक समुदाय केन्द्रीय सचिवालय सदस्य टिकाराम सीले कार्यक्रमको संचालन गर्नु भएको थियो । नेपाल कम्यूनिष्ट पार्टी नगर इन्चार्ज लालबहादुर सीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष टंक बुढा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रताप घर्ती, नेपाली काँग्रेस रोल्पाका पार्टी सचिव शेरबहादुर थापा, पुर्व सांसद, समाजसेवी लेखनाथ आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

श्रमिक समुदाय केन्द्रीय विभागले देशभर यस्तो खालको कार्यक्रम संचालन गर्दै आएको र तेह्रौ स्थानमा रोल्पामा कार्यक्रम संचालन गरेको बिभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्