Ad image

सुर्योदय वोमी लघुबित्त द्धारा आफ्ना सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

भरत बिश्वकर्मा/मालश्री खबर बैशाख १३ गते, रोल्पा ।

सुर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेड लिवाङ रोल्पाले आज आफ्ना सदस्यहरुलाई १ दिने बाख्रापालन तालिम दिएको छ । रोल्पानगरपालिका ४ नम्बर वडामा रहेको सुर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेडको ५० जना सदस्यहरुलाई तालिम प्रदान गरेको छ ।

समुहका अध्यक्ष शद्धा घर्तिमगर को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आथित्यता रहेको थियो । अन्य अतिथिहरुमा रोल्पा नगरपालिका ४ नम्बर वडा अध्यक्ष मित्रलाल गुरुङ, प्रहरी नायब निरिक्षक शेर बहादुर थापा, अनुगमन अधिकृत कबिन्द्र शाही लगाएत बिभिन्न शाखाका शाखा प्रमुख र लघुबित्तका कर्मचारी रहनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रका प्रमुख अतिथिका रुपमा रहनु भएका रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र घर्तीले आफुले लगेको कर्जा समयमै तिर्न आग्रह गर्नुभएको थियो । संस्थाबाट लगेको कर्जा मिनाह हुने कुराको होहल्लामा नलाग्न आग्रह गर्नुभयो । सस्थाले दिएको तालिममा सिकोका कुराहरु व्यवहारमा उतारी जिवनशैलीमा सहज बनाउन सुझाब दिनुभयो ।

कार्यक्रममा सहभागी भएका सद्स्यले यस्तो खालका तलिमले व्याबहारिक जिवनमा सहज बनाएको र यस्ता खालका तालिमहरु समय समयमा उपलब्ध गराउनको लागी माग गरेका थिए । १ दिने बाख्रा पालन तालिम, प्रशिक्षक जिल्ला भेटेरिनरी अस्पतालका मतिलाल कवरले दिनु भएको थियो ।

अनुगमन अधिकृत कबिन्द्र शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा कार्यलयका कर्मचारी चित्र बहादुर केसीले गर्नु भएका थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array