Ad image

गंगादेव गाउँपालिकाले गाउँमै पुगी समाजिक सुरक्षा भत्ता वितरण गर्दै

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

हिमाली खड्का/मालश्री खबर बैशाख १३ गते, रोल्पा ।
रोल्पाको गंगादेव गाउँपालिकाले गाउँमै पुगी समाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । सोमबार वडा नं. १ ओतमा वितरण गरेको सामाजिक सुरक्षा भत्ता आज बुधबार वडा नं. ३ को जिनाबाङमा वितरण गरेको गाउँपालिकाले जनाएको छ । गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन, उपाध्यक्ष अमृता के.सी, वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली, गाउँपालिकाका कर्मचारी, ग्लोबल आई.एम.ई बैंक सुकिदह शाखाका कर्मचारी लगाएतको टोलीले गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।


सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आउनुका साथै भौगोललिक विकटता, यातायात असुविधा, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई पैदल हिड्न समेत टाढा भएकाले बैंक सगंको सहकार्यमा गंगादेव गाउँपाललिकाले गाउँ–गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । जसअन्र्तगत १५ गते सुक्रबार वडा नं. ४ को पाखापानीमा वितरण गरीने गाउँपालिकाले जानकारी दिएको छ ।

गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको सहजताका लागी गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बताउनु भयो । साथै विगतमा पालिकाको केन्द्रमा रहेको सुकिदह बैंकको शाखामा भत्ता लिन जाँदा लाईन

कुर्नु पर्ने, नेट नचल्ने जस्ता समस्या नागरिकहरुले भोग्दै आएका थिए ।
त्यसैले जेष्ठ नागरीक, अपांग तथा फरक क्षेमता भएका व्यक्तिहरुलाई सहज होस भन्ने उद्ययश्यले गाउँमै पुगेर यो कार्यको सुरुवात गरिएको अध्यक्ष पुनले बताउनु भयो । यसरी गाउँमै आयर हात–हातमा भत्ता दिएपछि नागरीकहरु पनी खुसी भएका छन् भने गंगादेव गाउँपालिकाले थालनी गरेको यो सह्रानिय कार्यलाई निरन्तरता दिइरहन सुझाव समेत दिएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array