Ad image

लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सव सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
7 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर बैशाख १३ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ इरिबाङ बागमारामा रहेको लाली गुराँस युवा क्लबले आफ्नो २५ औं बार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । हरेक बर्ष आफ्नो बार्षिक उत्सव सञ्चालन गर्दै आएको क्लबले यस । “सभ्य समाजका लागि संस्कृति,विकास र परिवर्तनका लागि युवा “भन्ने मुलनाराका साथ लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक तथा विविध खेलकुद प्रतियोगिताको २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो।तर बैशाख ८ गते र १० गते परेको पानीले गर्दा थप दुई दिन बढी लम्बीएर बैशाख १२ गते मात्र सम्पन्न भएको छ ।


खेलकुद प्रतियोगिता तर्फ खुल्ला पुरुष भलिबल,खुल्ला महिला भलिबल,खुल्ला टु ए साइड बीच भलिबल,पुरुष रस्साकसी,महिला रस्साकसी,स्लो बाइक रेस,बुद्धिचाल,एकल नृत्य र भाले रेस लगायतको आयोजना गरिएको थियो । खुल्ला पुरुष भलिबल तर्फ प्रथम सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका–२ राङ्सी भएको छ पुरस्कार नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।द्वितीय रोल्पा जलजला यातायात प्रालि रोल्पा भएको छ पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।तृतीय जनचेतना युवा समूह परिवर्तन गाउँपालिका –५ राङकोट भएको छ पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना छड्के देउराली युवा क्लब परिवर्तन गाउँपालिका–५ राङकोट भएको छ पुरस्कार १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

खुल्ला महिला भलिबल तर्फ प्रथम रोल्पा आईटीएफ तेक्वान्दो संघ परिवर्तन गाउँपालिका– राङ्सी भएको छ पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका–३ इरिबाङ आयोजक भएको छ पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय द स्काई स्पोर्स क्लब माडी गाउँपालिका–२ घर्तीगाउँ भएको छ पुरस्कार नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सान्त्वना जलजला युवा क्लब परिवर्तन गाउँपालिका–४ पाछाबाङ भएको छ पुरस्कार नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । खुल्ला टु ए साइड बीच भलिबल तर्फ बिजेता सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका–२ राङ्सी भएको छ पुरस्कार नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता रोल्पा जलजला यातायात प्रालि रोल्पा भएको छ पुरस्कार नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र गरेको छ । पुरुष रस्साकसी तर्फ प्रथम सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका–२ राङ्सी भएको छ पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
द्वितीय आयोजक लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका–३ इरिबाङ बागमारा भएको छ पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय नव दुर्गा युवा समाज परिवर्तन गाउँपालिका–३ थुनिकोट भएको छ पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना नव दुर्गा युवा समाज परिवर्तन गाउँपालिका–३ थुनिकोट भएको छ पुरस्कार नगद २ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।महिला रस्साकसी तर्फ प्रथम परिवर्तन गाउँपालिका–३ बागमारा माथिल्लो बजार भएको छ पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।द्वितीय जनजागरण आमा समूह परिवर्तन गाउँपालिका–३ टाइबाङ भएको छ पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तृतीय स्वास्थ्य आमा समूह परिवर्तन गाउँपालिका–५ राङकोट भएको छ पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने सान्त्वना नव दुर्गा आमा समूह परिवर्तन गाउँपालिका–३ थुनिकोट भएको छ पुरस्कार नगद २ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

- Advertisement -
Ad image


स्लो बाइक रेस तर्फ प्रथम ओपेन्द्र थापा भएका छन पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।द्वितीय दिपेन्द्र चन्द भएका छन पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।तृतीय प्रदीप चन्द भएका छन पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।बुद्धिचाल तर्फ प्रथम हिरालाल खड्का भएका छन पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।द्वितीय गोविन्द वली भएका छन पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।तृतीय पूर्ण बुढा मगर भएका छन पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन भने सान्त्वना जगत बुढा मगर भएका छन पुरस्कार नगद १ हजार र प्रमाणपत्र प्राप्त गरेका हुन।एकल नृत्य तर्फ प्रथम लक्ष्मी रिजाल घर्ती भएका छन पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन।द्वितीय अञ्जली पुन मगर भएका छन पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन।तृतीय रमिला थापा भएका छन पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन भने सान्त्वना उमेश परियार भएका छन पुरस्कार नगद १ हजार र प्रमाणपत्र प्राप्त गरेका हुन ।


भाले रेस तर्फ बिजेता पुरस्कार नगद २ हजार बराबरको भाले सहित मेडल र प्रमाणपत्र राखिएको थियो त्यो स्थगित भएको आयोजकले जानकारी गराएको छ।लाली गुराँस युवा क्लबका उपाध्यक्ष हिरालाल खड्काको अध्यक्षतामा भएको समाप्न कार्यक्रमको प्रमुख अतिथीमा लाली गुराँस युवा क्लबका संस्थापक अध्यक्ष,रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष,नेपाली कांग्रेस पार्टी रोल्पाका अनुशासन समितिका संयोजक,समाजसेवी तथा युवा नेता विश्व कुमार चन्द रहनु भएको थियो ।
विशिष्ट अतिथीमा लाली गुराँस युवा क्लबका पूर्व अध्यक्ष तथा परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द रहनु भएको थियो।अतिथीहरुमा लाली गुराँस युवा क्लबका पूर्व अध्यक्ष दिपेन्द्र कुमार डाँगी,नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी डाँगी,परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगर,सहिद स्मृति युवा क्लबका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर,रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार तथा कोच रोशन केसी र इलाका प्रहरी कार्यालय बागमाराका इन्चार्ज झलक बुढा मगर,भलिबल रेफ्री गोविन्द वली र शिक्षक तथा समाजसेवी मदन कुमार डाँगी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम समाप्नका प्रमुख अतिथी, विशिष्ट अतिथी र अन्य अतिथीले पुरस्कार,ट्रफी,मेडल,प्रमाणपत्र र अबिर ल्याप्न समेत गरेका थिए।समाप्न कार्यक्रमको सञ्चालन लाली गुराँस युवा क्लबका सदस्य खुम रिजालले गरेका थिए।

     

प्रतिक्रिया दिनुहोस्