Ad image

गंगादेव गाउँपालिकामा बैशाख २१ गते शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर हुने

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

हिमाली खड्का, मालश्री खबर बैशाख १३ गते, रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकामा यहि बैशाख २१ गते निशुल्क शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर हुने भएको छ । गंगादेव गाउँपालिका र विकलाङ्ग मित्र समुह अपाङ्ग तथा पुस्र्थापना केन्द्र बनेपा काभ्रेको संयुक्त आयोजनामा गंगादेव गाउँपालिका वडा नं. २ जिनाबाङ स्वास्थ्य चौकिमा शिविर सञ्चालन गरिने भएको हो ।

शिविरमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुले सेवा लिन सक्ने छन् । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा वाहिर फर्केको खुट्टा लुलो वा कमजोर भएको, जोड्नी वा घुडाको समस्या भएको, ढाड बाङ्गो वा कुर्पो भएको, जोर्नी दुख्ने वा सुन्निे, शरीरको विभिन्न जोर्नीहरु बाङ्गो भएको लगाएतका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका हरुको परिक्षण गरिने आयोजकले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array