Ad image

चौंथो रोल्पा सिर्जना उत्सवमा राष्ट्रिय कविता प्रतियोगिता हुने

मालश्री खबर
मालश्री खबर ११ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर बैशाख १० गते, रोल्पा ।

रोल्पा नगरपालिका अन्तर्गत रहेको नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पाले वार्षिकरुपमा गर्ने ‘रोल्पा सिर्जना उत्सव’को चौंथो शृङ्खला आगामी जेठ ५ र ६ गते रोल्पाको लिबाङमा गर्ने भएको छ । शनिबार नगर पुस्तकालय लिबाङमा बसेको प्रतिष्ठानको बैठकले सिर्जना उत्सवको मुख्य आकर्षणको रुपमा रहने ‘चौंथो राष्ट्रिय कविता प्रतियोगिता’ समेत गर्ने निर्णय गरेको छ ।

दुईदिनसम्म सञ्चालन हुने साहित्य उत्सवमा विभिन्न साहित्यिक तथा सांस्कृतिक सेसनहरु सञ्चालन हुने र विगत वर्षहरुमाजस्तै राष्ट्रिय कविता प्रतियोगिता पनि गरिने प्रतिष्ठानका अध्यक्ष नवीन लोचनमगरले जानकारी दिए । उनकाअनुसार आगामी बैशाख ३० गतेसम्म प्रतियोगी कविता आह्वान गरिएको छ ।

‘कोर्डिङ सिस्टम’को आधारमा गरिने मूल्याङ्कनका क्रममा निर्णायकको नम्बरको आधारमा १० जनाको ‘सर्ट लिष्टिङ’ गर्ने र दशैजनाको भौतिक प्रस्तुतीपछि विजयी घोषणा गर्ने आयोजकले जनाएको छ । जसअनुसार विजयी प्रतियोगी कविहरुले प्रथम, दोस्रो, तेस्रो र दुईवटा सान्त्वनाले क्रमशः ३५ हजार, २५ हजार, २० हजार र १०/१० हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)को प्रमुख आतिथ्यतामा भएको बैठकमा रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीको समेत उपस्थिति रहेको थियो । प्रतिष्ठानका सदस्य सचिव कर्णबहादुर पुनमगरको सञ्चालन रहेको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा निवर्तमान नगरप्रमुख पुरण क्षेत्री, सल्लाहकारहरु डी.बी. टुहुरो, दामु मर्सिफुल, रामचन्द्र श्रेष्ठ लगायत कार्यसमिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array