Ad image

लाली गुराँस युवा क्लबको विविध खेलकुद प्रतियोगिताको चौँथो दिन आज पनि जारी

मालश्री खबर
मालश्री खबर ९ बैशाख २०८०, शनिबार
4 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर बैशाख ९ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका(३ इरिबाङ्मा रहेको लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवको अबसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता बिहीबार देखि बागमारामा सुरु भएको छ।ूसभ्य समाजका लागि संस्कृति,विकास र परिवर्तनका लागि युवाहरुूभन्ने मुलनाराका साथ बैशाख ५ गतेको दिन उद्घाटन समारोह सम्पन्न भएको थियो भने लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम बुधबार परिवर्तन पार्क बागमारामा सम्पन्न भएको हो।

- Advertisement -
Ad image

विविध खेलकुद प्रतियोगिता बिहीबार देखि १० गते सम्मका लागि सुरु भएको प्रतियोगिता चौँथो दिनमा पनि जारी रहेको लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्दले जानकारी दिनु भएको छ।विविध खेलकुद प्रतियोगिता तर्फ खुल्ला पुरुष भलिबल,खुल्ला महिला भलिबल,खुल्ला टु ए साइड बीच भलिबल,पुरुष रस्साकसी,महिला रस्साकसी,स्लो बाइक रेस,बुद्धिचाल,एकल नृत्य र भाले रेस लगायतको आयोजना गरिएको लाली गुराँस युवा क्लबले बताएको छ।खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ त्यस्तै सान्त्वना पुरस्कार १५ हजार र प्रमाणपत्र राखिएको छ।

 

खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ त्यस्तै सान्त्वना पुरस्कार नगद १० हजार र प्रमाणपत्र राखिएको छ।

खुल्ला टु ए साइड बीच भलिबल तर्फ बिजेता पुरस्कार नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ भने उपबिजेता पुरस्कार नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।पुरुष रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ।

महिला रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ।स्लो बाइक रेस तर्फ प्रथम पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।बुद्धिचाल तर्फ प्रथम पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ।

एकल नृत्य तर्फ प्रथम पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ।

भाले रेस तर्फ बिजेता पुरस्कार नगद २ हजार बराबरको भाले सहित मेडल र प्रमाणपत्र राखिएको छ।प्रतियोगीतामा भाग लिएर स्थान आउने टिमहरुले नगद,ट्रफी,मेडलसँगै प्रमाणपत्र समेत हात पार्नेछन।बिहीबार देखि सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जम्मा १० टिमले नाम दर्ता गराएको र ८ टिमले मात्र सहभागिता जनाए बताइएको छ भने २ टिम सहभागी हुने नसकेको लाली गुराँस युवा क्लबका सह(सचीव दिपेन्द्र चन्दले जानकारी दिनु भएको छ।

 

साथै खुल्ला पुरुष भलिबलको क्वाटर फाइनलको गेम आज बेलुका सम्म सकिने समेत चन्दको भनाइ रहेको छ।त्यस्तै खुल्ला टु ए साइड बीच भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको र फाइनल समेत भइसकेको छ।जसमा बिजेता सहिद स्मृति युवा क्लब परिवर्तन गाउँपालिका(२ राङ्सी भएको छ भने उप(बिजेता रोल्पा जलजला बस ब्यावसायी समिति रोल्पा भएको छ।खुल्ला महिला भलिबल प्रतियोगितामा ६ टिमले नाम दर्ता गरेको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array