Ad image

फूलवारी समाज कल्याण संस्थाको नयाँ कार्यसमितिले लिए सपथ

मालश्री खबर
मालश्री खबर ९ बैशाख २०८०, शनिबार
2 Min Read
Aa

भुपेन घर्ति
मालश्री खबर बैशाख ९ गते, रोल्पा ।
फूलवारी समाज कल्याण संस्थाको नयाँ कार्यसमितिले सपथ लिएका छन् । शनिवार नयाँ चयन भएका कार्य समितिले सपथ लिएका हुन् । फूलवारी समाज कल्याण संस्थाका नबनियुक्त अध्यक्ष मानसिङ वली, उपाध्यक्ष गंगाबहादुर पुन, कोषाध्यक्ष देवीलाल पुन, सचिव तिलकुमारी पुन, सह सचिव तिलविक्रम डाँगी, सदस्यहरु धनमाया पुन, विष्णुकला घर्ति, चन्द्र पनुमगर, लोकेन्द्रकुमार पुन, प्रेमप्रकाश पुन, हेमन्त पुनले सपथ लिएका हुन् । सपथ सँगै निर्वाचित भएका पदाधिकारीलाई सम्मान समेत गरीएकोे छ ।

नव निर्वाचित कार्यसमितीलाई फूलमाला र अविर लगाएर गंगादेव गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अमृतबहादुर बुढाले स्वागतका साथै सफल कार्यकालको शुभकामाना समेत व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बुढाले व्यक्तिगत र वडा कार्यालयबाट सधै सहयोग रहने बताउनु भएको छ । क्लबले गर्दै आएको कार्यमा वडाकार्यलयले पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको छ । २०६४ सालमा स्थापना भएको संस्थाले विभिन्न सांस्कृति, खेलकुद लागएत अन्य कार्यकक्रमहरु गर्दै आएको छ । सोही अवर पारेर फूलवारी समाज कल्याण संस्था र समाजसुधार आमा समुह गंगादेव गाउँपालिका वडा नम्बर ५ फुलवारी रोल्पाको नव निर्मित भवनबाट संयुक्तरुपमा कार्यालय उद्घाटन समेत गरीएको छ ।

 

- Advertisement -
Ad image

नव निर्वाचित फूलवारी समाज कल्याण संस्था अध्यक्ष मानसिङ वललीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन युवा तथा समाजसेवी भुपेन घर्तिमगरले गर्नुभएको थियो ।
फूलवारी समाज कल्याण संस्थाका सल्लाहकार नन्दबहादुर खत्रीको अध्यक्षतामा सुरुभएको कार्यक्रमको विशिष्ट अतिथीमा वडा नम्बर ५ का वडा सचिव किरण केसी, बालबोध आधारभूत विद्यालयका झाँक्रीसल्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बुढा, शिक्षक अविभावक संघका अध्यक्ष माधवकुमार शर्मा, प्रध्यानाध्यापक खड्कबहादुर वली, समाजसुधार आमा समूहकी अध्यक्ष देवीकला पुन, बालवोध आधारभूत विद्यालयकाका शिक्षक राजेन्द्रकुमार पुन रहनु भएको थियो । अन्य अतिथीहरुमा धनमाया पुन, कलबहादुर पुन, हरीलाल पुन, मिथुनलाल पुन र बमबहादुर पुन रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array