Ad image

नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा स्वर्गीय आचार्यको श्रद्धाञ्जली सभा सम्पन्न

मालश्री खबर
मालश्री खबर ८ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर बैशाख ८ गते, रोल्पा ।
नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका जिल्ला कार्य समिती सदस्य नरेश आचार्यको बुवा स्वर्गीय सनत कुमार आचार्यको १३ दिनको पुण्यतिथिको अवसर पारेर महासंघका सदस्य आचार्यको घर रोल्पा नगरपालिका वडा न. २ सात्तताले मा शोक तथा श्रद्धाञ्जली सभा गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका कोषाध्यक्ष उमा केसिले जानकारी दिनु भएको छ । स्वर्गीय सनत कुमार आचार्यको यहि मिती २०७९ साल चैत्र २६ गतेका दिन ६५ वर्षको उमेरमा दुःखद निधन भएको पारिवारि स्रोतले बताएको छ । स्वर्गिय आचार्य लामो समय शिक्षण पेशा र सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएको थियो ।


शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेमबहादुर बुढामगर र अध्यक्ष नबिनलोचन मगरले दिवंगत आचार्य प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । स्वर्गिय आचार्यले रोल्पा जिल्लाको शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा खेलेको भुमिका र पु¥याएको योगदान अत्यन्तै महत्वपुर्ण र सधै सम्झन लाएक रहेको समेत बाउनु भएको थियो । स्वर्गिय आचार्यको बार्कि सपनाहरुलाई पुरा गर्नको लागी परिवार र सबै लाग्नु पर्नेमा समेत जोड दिनु भएको थियो । यो दुःखको क्षणलाई शक्तिको रुपमा परिणत गरेर अगाडी बढ्नको लागी परिवारलाई हौसला समेत दिनु भएको थियो ।

शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमका बोल्दै मृतक स्वर्गिय सनत कुमार आचार्यका कान्छा छोरा नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य नरेश आचार्यले आफुहरु दुःखमा रहेको समयमा जसरी सहानुभुति, सद्धभाब, माया र हौसला प्रदान गर्नुृ हुर्ने नेपाल पत्रकार महासंघ रोल्पा, अग्रज पत्रकार, अन्य पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो ।

शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रममा रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ति, नेपाली कांग्रेस रोल्पाका पुर्व पाटी सभापती तथा समाजसेबि राजनितिज्ञ कृष्ण बहादुर घर्तिमगर, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य घनश्याम आचार्य,रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्य, रोल्पा नगरपालिका वडा न. १० का वडा अध्यक्ष मोतिलाल डाँगी, खेलकुद बिकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्री, रोल्पा बहुप्राबिधिक शिक्षालय रोल्पाका प्रमुख बसन्त कुमार टन्डन, नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष मानसिंह बिश्वकर्मा, उपाध्यक्ष खुबिना सुनारी मगर, कोषाध्यक्ष उमा केसि, पुर्ब उपाध्यक्ष देबिकुमारी गुरुङ, पत्रकार गणेश केसि, लगाएतको सहभागिता रहेको थियो । शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियो । स्वर्गीय आचार्य लामो समय देखि श्वाश प्रश्वास सम्बिन्धी रोग बाट ग्रसित रहदै आउनु भएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array