Ad image

कृषिसंग सरोकार राख्नेहरु विचमा अन्तरकृयात्मक गोष्ठी सुलिचौरमा

मालश्री खबर
मालश्री खबर ७ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

गणेश केसी
कृषिसंग सरोकार राख्नेहरु विचमा अन्तरकृयात्मक गोष्ठी सुलिचौरमा सम्पन्न भएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय, वुटवलको आयोजनामा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा आयोजनाले कृषक समुह, सहकारीहरुलाई दिने अनुदानका बारेमा छलफल भएको थियो । रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकामा यो आयोजना लागु भएको छ । देशभर २४ हजार कृषक सुमह, सहकारीहरुलाई ५० प्रतिशत अनुदान दिने आयोजनाको उदेश्य रहेको छ ।

कृषकहरुको उत्पादकत्व वृद्धि गर्नका लागि कृषि पुर्वाधार, मौरी पालन, पशु पालन, तरकारी खेती लगायतमा आयोजनाले अनुदान दिने कार्यक्रममा जानकारी गराइएको छ । कृषक समुह, कृषि सहकारीहरुले २ लाख सम्मको अनुदान प्राप्त गर्न सक्ने छन । सम्वन्धित पालिकाको कृषि शाखामा थप जानकारी लिन सकिनुका साथै फर्म समेत सोही शाखामा भर्न सकिने सुनिलस्मृति गाउँपालिका कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले जानकारी दिनु भएको छ ।

नेपाल सरकार र विश्व बंैकको सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा यो आयोजना संचालित रहेको छ । आर्थिक करिडोर कार्यालय, वुटवलले आयोजना गरेको कार्यक्रममा ३ वटा पालिकाका कृषि शाखा प्रमुखहरु, पालिका भित्रका कृषक समुह, कृषक सहकारी संचालकहरु, कृषि उपज संकलन तथा वितरकहरुको गोष्ठीमा सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

सुनिलस्मृति गाउँपालिका सभाहलमा आयोजना गरिएको गोष्ठीको प्रमुख अतिथिमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम वुढाथोकी रहनु भएको थियो भने ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय, वुटवलका वरिष्ठ कृषि अधिकृत सुरेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्