Ad image

लाली गुराँस युवा क्लबको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ बैशाख २०८०, बुधबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर

मालश्री खबर बैशाख ६ गते, रोल्पा ।
लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका(३ इरिबाङ्मा रहेको क्लबको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रम बागमाराको परिवर्तन पार्कमा बुधबार सम्पन्न गरिएको छ ।

सभ्य समाजका लागि संस्कृति,विकास र परिवर्तनका लागि युवाहरुूभन्ने मूल नाराको साथ सुरु भएको २५ औं वार्षिक उत्सव हिजो उद्घाटन भएको हो।हरेक बर्ष राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय स्तरका कलाकारलाई सहभागिता बनाएर मनरञ्जन दिदै आएको छ।सोही कार्यक्रम अनुसार यो बर्ष पनि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्दको अध्यक्ष तथा स्वागत मन्तव्यबाट बृहत सांस्कृतिक कार्यक्रम सुरु भएको थियो।

  

- Advertisement -
Ad image

अध्यक्ष चन्दले पश्चिम रोल्पाकै पुरानो र ठूलो क्लब भएको बताउदै राजनीतिक दल भन्दा पनि सबैलाई गोलबन्ध गरेर अगाडि बढिरहेको समेत बताउनुभयो।साथै उहाँले टेलीभिजन,युट्युव तथा मोबाइलमा देखिएका कलाकारलाई हरेक बर्ष यो ठाउँ गाउँका आम नागरिकले पत्यक्ष देखाउन यो क्लबले महत्त्वपूर्ण भूमिका खेलिरहेको समेत बताउनुभयो।बृहत सांस्कृतिक कार्यक्रममा लाली गुराँस युवा क्लबका संस्थापक अध्यक्ष विश्व कुमार चन्द,लाली गुराँस युवा क्लबका क्लबका पूर्व अध्यक्ष सुर्य प्रकाश डाँगी,क्लबका पूर्व अध्यक्ष खिम विक्रम चन्द र क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कुमारी डाँगी लगायतको समेत आतिथ्यता रहेको थियो।

बृहत सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक खुमन अधिकारी,लोक दोहोरी गायिका पूर्णकला बिसी,लोक दोहोरी गायिका कामना वली,जनवादी गायक तथा लोक दोहोरी झनकार बुढा मगर,हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र मोडल पुजन घिमिरे पुकु लगायतको बेजोड प्रस्तुति रहेको थियो।प्रस्तुतिमा कामना वलीले हुन्छ हुन्छ भन्दै तारियोर पो रोए र कहिले कमाउने कहिले रमाउने,कान्छू भन्न थालियो बोलको गीत गाएका थिए।जनवादी तथा लोक दोहोरी कलाकार झनकार बुढा मगरले रोल्पाको गाउँ राम्रो,हाम्रो भेट हुन्छ घास दाउरामा भन्ने बोलको गीत गाएका थिए।

मोडल पुजन घिमिरे पुकुलले आफ्नो धमाकेदार डान्स प्रस्तुत गर्नु भएको थियो।राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बिसीले हो भन निर्माया,झम झम पानी,मायाले बेरेको झोला,फूल माया,पुलिस वाला,चप्पलै चोडियो र गाई खाने लगायतका गीत गाएका थिए।हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले आफ्नो विभिन्न हास्य प्रस्तुति गरि उपस्थित दर्शकहरुलाई हसाउनुको साथै रमाइलो समेत दिएका थिए।चर्चित राष्ट्रिय लोक दोहोरी गायक खुमन अधिकारीले शिव जी पार्वती,नौ टुनाको रेल,दोहोरीमा र्‍याप,मायाले बेरेको झोला,चौध अञ्चल ससुराली,यो मान्छे चिन्छ,।बृहत सांस्कृतिक कार्यक्रमको सञ्चालन लाली गुराँस युवा क्लबका सदस्य श्याम बहादुर शाहीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array