Ad image

सूर्योदय आधारभूत विद्यालय क्वालीगाउँको भवन तिब्र रुपमा निर्माण हुँदै

मालश्री खबर
मालश्री खबर ६ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिका वडा नं. ५ गजुल, क्वालीगाउँमा रहेको सूर्योदय आधारभूत विद्यालयको भवन निर्माण कार्य थालिएको छ । ढिला गरि निमार्ण कार्य थालिएको भवनको अहिले भने तिब्र रुपमा निमार्ण भइरहेको सुभम निमार्ण सेवाले जानकारी दिएको छ ।

यहि आर्थिक बर्षमै सुभम निमार्ण सेवाको ४ वटा भवन निमार्ण गर्नु पर्ने भएकाले सूर्योदय आधारभूत विद्यालयको भवन निर्माण कार्य ढिलो सुरु गरेको सुभम निमार्ण सेवाले बताएको छ । निमार्ण कार्य नियमित सुचारु गरे समयमै कार्य सम्पन्न हुने सुनिलस्मृति गाउँपालिकाका पुर्वाधार शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिनु भएको छ । अन्य ३ वटा भवनको काम भने अन्तिम चरणमा पुगेको श्रेष्ठले बताउनु भयो ।

२०७९ साल असार ३ गते कार्यदेश दिइएको भवनको अहिले सम्म १५ प्रतिशत मात्र काम भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ । निर्माणाधिन भवनको आज अनुगमन समेत गरिएको छ । अनुगमन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा लगायत पुर्वाधार शाखाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

 

१ करोड ११ लाख ९२ हजार ४ सय ८९ रुपैया निमार्ण लागत अनुमान गरिएको भवन सुभम निमार्ण सेवाले ७८ लाख ९४ हजार ८ सय १० रुपैयामा निमार्ण गर्ने सम्झौता गरेको थियो । २ तल्लाको ४ कोठे भवन शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको मापदण्ड अनुसा निमार्ण गरिने पुर्वाधार शाखा प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्