Ad image

सुनिलस्मृति गाउँपालिकाद्वारा पूर्ववजेट छलफल कार्यक्रममा उपस्थितिका लागि अनुरोध

मालश्री खबर
मालश्री खबर ५ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाले पूर्ववजेट छलफल कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण पत्रकारहरुलाई अनुरोध गरेको छ । जिल्लामा क्रियाशिल राष्ट्रिय तथा स्थानिय स्तरमा क्रियाशिल पत्रकारहरुलाई गाउँपालिकाले कार्यक्रममा उपथितिका लागि अनुरोध गरेको हो ।

सुनिलस्मृति गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमका बारेमा सर्वपक्षिय छलफल गर्दै छ । यहि बैशाक १० गते नीति तथा कार्यक्रम, वार्षिक विकास योजना र वजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्न लागेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्प, रेडियो रोल्पा, रेडियो जलजला, रेडियो मालश्री, रेडियो सभ्यता, रोल्पा समाचार साप्ताहिक, जनकिरी संचार सप्ताहिक, सनस्टार साप्ताहिक, जन आकांक्षा साप्ताहिक लगाएतलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

- Advertisement -
Ad image

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलद्धारा हस्ताक्षेरित सुचनामा राष्ट्रिय स्तरका मिडियाहरुका कार्यरत कान्तिपुर दैनिकका काशिराम डाँगी, अन्नपुर्णका खेम बुढा, नागरिक दैनिकका दिनेश सुवेदी, अनलाईन खबरका महेश न्यौपाने, नेपाल टेलिभिजनका माधव कुमार वली, कान्तिपुर टेलिभिजनका मिनराज रोका र राससका उमा केसीलाई उपस्थितिका लागि आग्रह गरिएको हो ।

गाउँपालिकाले पूर्ववजेट छलफल कार्यक्रममा वडाबाट सम्पूर्ण जनप्रतिनिधिहरु सहित कृषक, आमा समूह, महिला समूह, सहकारी, यूवा क्लव, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, व्यापारी, वुद्धिजिवि, राजनीतिक दल, गैर सरकारी संघसंस्था लगायत सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी प्रत्यक वडाबाट १० देखि १५ जना सम्मको सहभागिताका लागि पनि अनुरोध गरेको छ ।

 

आवश्यक सूचना प्रवाह गरी सम्बन्धित सरोकारवालाहरुलाई उपस्थित गराउनुहुन गाउँपालिका भित्रका सम्पुर्ण जनप्रतिनिधिहरुलाई निर्देश दिइएको गाउँपालिकाले जनाएको छ । छलफल कार्यक्रम गाउँपालिकाको सभा हलमा बैशाक १० गते विहान ११ बजेबाट सुरु हुने छ । गाउँपालिकाले यस पटक नीति तथा कार्यक्रम वैशाकमै ल्याउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array