Ad image

लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
5 Min Read
Aa

सुर्यप्रकाश बुढा मगर

मालश्री खबर बैशखा ४ गते, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । हरेक बर्ष आफ्नो बार्षिक उत्सव सञ्चालन गर्दै आएको क्लबले यस पटक बैशाख ५ गते एक कार्यक्रमका विच उद्धघाटन गर्ने भएको छ । उक्त बार्षिकोत्सव बैशाख १० गतेसम्म सञ्चालन हुने बताईएको छ । । “सभ्य समाजका लागि संस्कृति, विकास र परिवर्तनका लागि युवा “भन्ने मुलनाराका साथ लाली गुराँस युवा क्लबको २५ औं बार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक तथा विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्द ठकुरीले जानकारी दिनु भएको छ ।

खेलकुद प्रतियोगिता तर्फ खुल्ला पुरुष भलिबल,खुल्ला महिला भलिबल,खुल्ला टु ए साइड बीच भलिबल,पुरुष रस्साकसी,महिला रस्साकसी,स्लो बाइक रेस,बुद्धिचाल,एकल नृत्य र भाले रेस लगायतको आयोजना गरिएको लाली गुराँस युवा क्लबले जानकारी दिएको छ। खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।सान्त्वना पुरस्कार १५ हजार र प्रमाणपत्र राखिएको छ ।

- Advertisement -
Ad image

खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।सान्त्वना पुरस्कार नगद १० हजार र प्रमाणपत्र राखिएको छ। खुल्ला टु ए साइड बीच भलिबल तर्फ बिजेता पुरस्कार नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ भने उपबिजेता पुरस्कार नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र राखिएको छ।

पुरुष रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ। महिला रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ।

स्लो बाइक रेस तर्फ प्रथम पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।बुद्धिचाल तर्फ प्रथम पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ।एकल नृत्य तर्फ प्रथम पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ।

भाले रेस तर्फ बिजेता पुरस्कार नगद २ हजार बराबरको भाले सहित मेडल र प्रमाणपत्र राखिएको लाली गुराँस युवा क्लबका सचीव दिपा थापा मगरले जानकारी दिनु भएको छ।

साथै बैशाख ६ गतेका दिन बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । जसमा राष्ट्रिय स्तरका कलाकारहरु लोक दोहोरी गायक खुमन अधिकारी,लोक दोहोरी गायीका पूर्णकला बिसी,लोक गायक झन्कार बुढा मगर,हास्यकलाकार मरिचमान श्रेष्ठ(बल्छी धुर्बे)र मोडल पुजन घिमिरे(पुकु)लगायत स्थानीय स्तरका कलाकारको बेजोड प्रस्तुति रह्ने समेत बताइएको छ।

 

भोली उद्घाटन समारोहलाई सफल बनाउन जनप्रतिनिधि,विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, बुद्धिजीवी, ब्यापारी, सुरक्षाकर्मी, पत्रकार साहित्यकार,कलाकार,खेलाडी,शिक्षक,विद्यार्थी,युवा समूह,युवा क्लब,आमा समूह,पैसरु समूह,बाँजा समूह लगायत युवा क्लबलाई भौतिक तथा आर्थिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई गरिमामय रूपमा उपस्थित भइदिन लाली गुराँस युवा क्लबका उपाध्यक्ष हिरालाल खड्काले सबैमा अनुरोध समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Array