Ad image

कृषी, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०७९/८० कोे उद्धघाटन

मालश्री खबर
मालश्री खबर १ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर बैशख १ गते, रोल्पा । 

रोल्पामा कृषी, पर्यटन व्यापार तथा सांस्कृतिक  महोत्सव २०७९/८० को बिहिबार आज एक कार्यक्रमका विच उद्धघाटन गरीएको छ । आज देखि सुरुभएको महोत्सव २०८० बैशाख ९ गते सम्म लाग्ने बताईएको छ । उक्त कृषी, पर्यटन व्यापार तथा सांस्कृतिक रोल्पा महोत्सवको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाको गरेको हो भने सह—आयोजना राष्ट्रिय भलिबल संघ र राष्ट्रिय क्रिकेट संघ रोल्पाको रहेको छ । “कला, संस्कृति र संस्कार हाम्रो पहिचान, कृषि पर्यटन र स्थानिय उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बीनेप्रदेशका सांसद जोखबहादुर महराले जिल्लामा आयोजित महोत्सवले मौलिक सास्कृतिक, समाजिक पक्षलाई जर्गेना र उजागर गर्नमा सहयोग पुग्ने बताउनु भएको छ । देशमा आर्थिका संकट परिरहेको बेलामा पर्यटन, कृषी, व्यापार, प्रदर्शन र प्रवद्र्धनले आर्थिक अभाब घटाउन टेवा पुग्ने समोत विश्वास लिनुभएको छ । साथै महराले समाजबादको आधार निर्माण गर्नमा कृषी क्षेत्रको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । जिल्ला भित्रका स्थानियतहहरुलाई कृषीमा उत्पादन बढाई त्यसमा आत्म निर्भर बन्न सुझाव दिनुभयो ।

- Advertisement -
Ad image

कार्यक्रमका विशिष्ट अतिथीका रुपमा रहनु भएका जिल्ला समन्वय समितिका उप्रमुख कर्मलाल परियारले जिल्लाको सदरमुकाममा महोत्सव सुरु भइरहदा जिल्ला भित्र उत्पादन भएका कृषी बस्तुरुको प्रदर्शनी र बजारिकरण भई अर्थोपार्जन गर्नु पर्नेमा जिल्ला बाहिरबाट बस्तुहरुकोे आर्यात भएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

जिल्ला भित्रका युवाहरु देश बाहिर पलायन भइरहेको यो अवस्थामा कृषीको मध्यमबाट युबालाइ कसरी रोक्न सकिन्छ भन्ने बिषयमा सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको समेत बताउनु भयो । रोल्पा जिल्लालाई कसरी आत्मनिर्भर गर्न सकिन्छ, जिल्ला भित्रमा उत्पादन भएका कसरी कसरी जिल्ला बाहिर लगाएत अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ भन्ने लगाएतका बिषयमा गहन छलफल र अध्यण तथा विष्लेषण गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको वताउनु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष दिपिन थापाको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको विशिष्ट अतिथीमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ति रहनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न जननिर्वाचित प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, राजनैतिक दल, सुरक्षाकर्मी, विभिन्न अमा समुह, कृषि समुह, पत्रकार, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

महोत्सवमा विभिन्न सामग्री प्रदर्शनीका स्टलहरु रहेका छन् । जिल्लाका विभिन्न स्थानिय स्तरमा उत्पादन भएका र अन्य जिल्लामा उत्पादन भएका बस्तुहरु प्रदर्शनीको लागि स्टलहरुमा राखीएको छ । महोत्सवलाई थप आकर्षण गर्नको शुक्रबार विभिन्न कलाकारहरुलाई आमन्त्रीत गरीएको छ भने महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाका सचिव विष्णु माझिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array