Ad image

खोरेत रोग उन्मुलन अभियान अन्तरगत भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण तथा समन्वय गोष्ठि लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २८ चैत्र २०७९, मंगलवार
4 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर चैत २८ गते, रोल्पा ।
पशुमा लाग्ने खोरेत रोग उन्मुलन अभियान कार्यक्रम अन्तरगत भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण तथा समन्वय गोष्ठि लिवाङमा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा रोल्पा जिल्लाको दश बटै पालिकाका भ्याक्सिनेटरहरुलाइ उक्त तालिम प्रदान गरिएको हो । कार्यक्रमको सहजिकरण भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका पशु चिकित्सक डा. प्रतिभा थापा मगरले गर्नुभएको थियो । उक्त कार्यक्रमबाट उपस्थित भ्याक्सिनेटरहरुलाई खुर फाटेका पशुमा देखिने खोरेत रोगको बारेमा जानकारी प्रदान गरिएको थियो । खुरेत रोग एक प्रकारको पशुमा लाग्ने सरुवा रोग भएका्, यो रोग एक बाट अर्को पशुमा सजिलै सँग सर्ने, यो रोग १०० किलोमिटर टाढा सम्म पनि पुग्न सक्ने भएको साथै यस रोगको कुनै पनि उपचार नभएकोले भ्याक्सिनको माध्यमबाट यो रोगलाई फैलिन नदिनको लागी उक्त तालिम प्रदान गरिएको थियो ।

यो रोग पशुमा यदि लागिहाल्यो भने अत्यादिक ज्वरो आउने, मुख, खुट्टा, जिब्रा आदि भागमा घाउ हुने लगाएतका लक्षण देखा पर्ने उहाँले बताउनुभएको थियो । खोरेत रोग ६ महिना भन्दा कम उमेरका पशुमा लागेमा उक्त पशुको मृत्यु हुने सम्भावना अत्याधिक मात्रामा हुने उहाँले बताउनुभएको भियो । यो रोगको रोकथामको लागी बर्षमा दई पटक भ्याक्सिन लगाउने, लक्षणको आधारमा उपचार गर्ने, अन्यत्रबाट पशु घरमा ल्याए त्यसलाई केही समय अन्यत्रै राख्ने घरका जनाबर सँग सम्पर्कमा नराख्ने वा सँगै हिडडुल नगराउने यसो गर्दा छिटो रोग फैलन पाउँदैन उहाँले जानकारी प्रदान गर्नभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको लुम्बिनी प्रदेश सभा सदस्य माननिय दिपेन्द्र कुमार पुन (सिजल) ले पहिलेको समयमा भन्दा अहिलेको समयमा आएर पशुको उपचार पनि उपचार हुन लागेको बताउनुभएको थियो । जनमानसमा पशुको उपचार गर्नुपर्छ भन्ने सोच नभएको कारण पछिल्लो समयमा आएर विभिन्न रोगको प्रकोप बढिरहेको बताउनुभएको थियो । गाउँमा व्यवसायिक मात्रामा पशुपालन नभएको कारणले गर्दा पनि पशुउपचारमा समस्या भएका बताउनुभएको थियो । पशुको उपचार गर्नका लागी सुरुमै भ्याक्सिन दिनु भन्दा किसानलाई चेतनाको बिकास गराउन अति आवश्यक भएको बताउदै उक्त अभियानलाई सफल रुपमा सम्पन्न गर्न आग्रह समेत गर्नुभएको थियो ।


त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथिका रुपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भ्याक्सिनेसन गर्दा अवस्था हेरि किसानलाई क्षति गराउन कुरामा सजक भई सर्तक अपनाइ पुर्ण जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नभएको थियो । राज्यको ठुलो मात्रमा लगानी भएकोले काम गर्दा स्थानिय तहको पशु शाखा सँग समन्वय गरि गर्न सुझाव समेत व्यक्त गर्नुभएको थियो । साथै उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न आग्रहका लागी सुभकामना समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यलय प्रमुख तथा पशु विकास अधिकृत डा. सुकई प्रसाद थारु रहनुभएको थियो कार्यक्रमको विशिष्ट अतिथिका रुपमा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द रोल्पाका नायव पशुसेवा अधिकृत मतिलाल कवरले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द रोल्पाका पशु अधिकृत गिर बहादुर घर्तिले गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको समेत उपस्थित भएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्