Ad image

आन्दोलनरत कृषक र कृषि ज्ञान केन्द्रको बिचमा भयो ४ बुँदे सहमति

मालश्री खबर
मालश्री खबर २७ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर चैत २७ गते, रोल्पा ।
कृषक संघर्ष समिति रोल्पाले गरेको तालवन्दी र विज्ञिप्ती पश्चात कृषक संघर्ष समिति र कृषि ज्ञान केन्द्र विचमा समस्या समाधानको लागि छलफल भएको छ । लुम्बीनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनको रोहबरमा उक्त छलफल भएको बताइएको छ ।

कृषकहरुले आर्थिक बर्ष २०७८/७९ को ब्लक र प्राङ्गारिक प्रबद्र्धन कार्यक्रमको रकम रु १ करोड ५७ लाख ९ हजार ९ सय ३२ रुपैँया यथाशिघ्र भुक्तानी हुने पने, कषि ज्ञान केन्द्र रौल्पामा कार्यालय प्रमुख यथासिघ्र पठाउनु पर्ने, लापरबाही गर्ने सम्बन्धित कर्मचारीलाई यथासिघ्र झिकाई कारबाही हुनु पर्ने र कृषहरुको रकम भुक्तानी नहुँदासम्मको क्षतिपुर्तीको अनिवार्य व्यवस्था हुने पर्ने ४ बुँदे माग २ हप्ता भित्रसहित जिल्ला प्रशासन कार्याल्य, जिल्ला प्रहरी कार्यलय, कृषि ज्ञान केन्द्र रौल्पा र कृषि तथा पशुपंक्षी किास मन्त्रालय लुम्बिनी प्रदेशमा ज्ञापन पत्र बुझाएका थिए । साथै कृष संघर्ष समिति रौल्पाले कृषि ज्ञान केन्द्रमा तालावन्दी समेत गरेको थियो ।

- Advertisement -
Ad image

 

माथि उल्लेखित अनुसारको ४ बुँदे माग २ हप्ता भित्र सम्बोधन गर्ने, कृषि ज्ञान केन्द्रमा लगाइएको ताला कृषक संघर्ष समितिले खोलिदिने गरी दुबै पक्ष विचमा सहमिति भएको छ । उक्त विषयको समस्या समाधान सहमति छलफलमा कृषक संघर्ष समितिको तर्फाबाट कृषक संघर्ष समितिका संयोजक त्रिपनी बैजाली लगाएत अन्य २ जना र कृषि ज्ञानकेन्द्र रोल्पाको तर्फबाट निमिक्त कार्यालय प्रमुख विनोद सुनार रहनु भएको थियो । सहमति अनुसारका मागहरु सम्बोधन नभएमा थप दबाव दिने कृषक संघर्ष समितिका संयोजक त्रिपनी बैजालीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array