Ad image

कोटगाँउ देखि दार्वोट चोक सम्म १५ दिन सडग अबरुद्ध हुने

मालश्री खबर
मालश्री खबर २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर चैत २७ गते, रोल्पा ।

रोल्पा नगरपालिका वडा न. ६ कोटगाँउ देखि दारबोट चोक सम्म चैत्र २७ गते देखी बैशाख ११ गते सम्म १५ दिन सम्म सडग बन्द रहने भएको छ । उक्त सडग खण्ड कालो पत्र गर्न लागेको हुनाले कामलाई अबरोध उत्पन्न नहोस भनेर प्रत्येक दिन दिउँसो १ बजेदेखि अर्को दिन बिहानको ८ बजे सम्म सवारी साधानहरु पुर्ण रुपमा निषेध गरिएको पुर्वाधार विकास कार्यालय रोल्पाका कार्यालय प्रमुख हेमन्त रोका क्षेत्रीले जानकारी दिनु भएको छ ।

उक्त सडक खण्डमा बाटो कालोपत्रे गर्ने भएकाले सवारी साधनहरु पूर्ण रुपमा निषेध गर्नको लागी प्रसासनले पनि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भएको छ । सो सडग खण्ड आवज जावत गर्ने केहि यात्रु वाहक सवारी साधन र यात्रुको सेवालाईृ मध्य नजर गरेर हरेक दिन बिहान ८ बजे देखि दिँउसो १ बजे सम्म भने सडग खुल्ला रहने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array