Ad image

नेपाल राष्ट्रिय कर्मचारी महासङघको चौथो र राष्ट्रिय प्रगतिशील स्वास्थकर्मि संगठनको प्रथम रोल्पा जिल्ला अधिवेशन सम्पन्न

मालश्री खबर
मालश्री खबर २६ चैत्र २०७९, आईतवार
4 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर चैत २६ गते, रोल्पा ।
संयुक्त रुपमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ रोल्पा चौठो अधिवेशन र राष्ट्रिय स्वास्थ्यकर्मी संङ्गठन जिल्ला शाखा रोल्पाको प्रथम अधिवेशन शनिवार रोल्पाको लिवाङमा सम्पन्न भएको छ । कार्यक्रको अध्यक्षमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ रोल्पाका सचिव श्यामलाल के सी रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य माननिय जोख बहादुर महरा रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा नेपाल कर्मचारी महासंघ लुम्बिनी प्रदेश र्ईन्चार्ज मिन प्रसाद ज्ञवाली रहनुभएको थियो । अन्य अतिििथहरुमा जिल्ला समन्वय समिति प्रमुख सिता आचार्य,नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष गुणेन्द्र घर्ति, रोल्पा जिल्ला का विभिन्न कार्यलयमा कार्यरत निजामति कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न मिडियामा आबद्ध पत्रकार लगाएतको उपस्थित भएको थियो ।


कार्यक्रमबाट जिल्ला कमिटि रोल्पाको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन प्रथम जिल्ला अधिवेशन सर्वसमत रुपान अध्यक्षमा त्रिभुवनसिंह घर्ती निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नैना डाँगी र लेपेन्द्र बुढाथोकी, सचिवमा सुमन आचार्य, कोषध्यक्ष मनिका बुढा, सहसचिव दिपक घर्तीमगर, सदस्यहरु बल प्रसाद बुढा, सविता पुन, नर बहादुर डाँगी, टोमलाल के.सी, जगत बुढा, निर्मल बुढामगर, पृथ्वी थापा र किरण के.सी. लगाएत १५ जना सदस्या रहेका रहनु भएको छ । त्यसैगरी प्रदेश संगठनमा प्रतिनिधिहरु टंक गिरी, पढम बहादुर घर्ती, अशोक वि.क., चन्द्र बहादुर घर्ती, निता डाँगीलाई पठाउने निर्णय भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासँघ रोल्पाको अध्यक्ष धर्मराज डाँगी, उपाध्यक्ष युवराज भुषाल र विमला बुढामगर, सचिवमा दिनेश शर्मा, कोषाध्यक्ष हुकुम पुन मगर, वृद्धिराम गोसाई, तिलक पुन मगर, याम कुमारी विष्ट, भक्तराम थापा मगर चयन भएका छन । त्यसैगरी प्रदेश प्रतिनिधिहरु श्यामलाल के.सी., घणश्याम वली, ऋषि के.सी, मोतिक्ष आलम हरुलाइ पठाउने निर्णय भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य माननिय जोखबहादुर महराले निजामती कर्मचारीलाई सेवाको आधारमा सुविधा हुनुपर्ने बताउनुभयो । । काम गरे अनुसारको पारिश्रमिक नपाएकाले धेरै कर्मचारीहरु सन्तुष्टि नभएको भन्दै जुनसुकै संगठनमा पनि कर्मचारीलाई काम दिईसकेपछि कामको आधारमा उचित पारिश्रमिक हुनु पर्ने महराको भनाई रहेको छ । शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने कर्मचारीलाई राज्यले उचित खालको सेवा सुविधा दिनु पर्ने बताउनु भएको छ । काम अनुसारको पारिश्रमिक पाएमा कर्मचारी उत्प्रेरीत हुने बताउदै यसले शैक्षिक स्तरमा उल्लेख्य सुधार ल्याउन अहम् भुमिका खेल्ने पनि बताउनु भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिका रुपमा रहनुभएका नेपाल कर्मचारी महासंघ लुम्बिनी प्रदेशका र्ईन्चार्ज मिनप्रसाद ज्ञवालीले कर्मचारीको पेशागत हकहितको लागी काम गर्न सक्ने सक्षम कार्यसमिति चयन गर्नको लागी सुझाव दिदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्नभएको छ । अहिलेको समयमा आम नागरीकले निजामती कर्मचारीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक दृष्टिकोण भएको बताउदै कर्मचारीमा भने अझै पनि वर्ग विभेदको समस्या पाईएको आँकलन गर्नुभएको छ । कर्मचारीमा हुने यस्ता खालका विभेदले र्कचारी आफैलाई पतन तर्फ लैजाने भएकाले यस्ता विभेदको अन्त्य हुनु पर्ने ज्ञवालीको भनाई रहेको छ । निजामती कर्मचारी र पेशागत स्वास्थ्यकर्मीहरु सबै एकजुटभई कर्मचारीमा हुने भेदवाभको अन्त्य गर्न आग्रह समेत गर्नु भएको छ । नेपाल कर्मचारी महासंघका सदस्य ओविलाल थापाले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array