Ad image

आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा थबाङ गाउँपालिका

मालश्री खबर
मालश्री खबर २५ चैत्र २०७९, शनिबार
6 Min Read
Aa

सुर्यप्रकाश बुढामगर /मालश्री खबर चैत २५ गते, रोल्पा ।

रोल्पाको थबाङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा रहेको छ।थबाङ गाउँपालिका वडा नम्बर–१ को झकेबाङ्मा बनेको पालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएसँगै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्न लागेको हो।नयाँ बर्ष २०७८० बैशाख ३ गतेदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारीमा थबाङ गाउँपालिका रहेको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरले जानकारी दिनु भएको छ।घर्ती मगरका जानकारी अनुसार आफूहरू २०७९ चैत मसान्त देखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा भएता पनि कार्यालय सार्ने र व्यवस्थापनको काम नसकिएकाले नयाँ बर्ष २०८० बैशाख ३ गते शुक्रबारका दिनबाट आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने तयारीमा रहेकोे बताउनुभयो।साथै थबाङ गाउँपालिकाले २०७४ देखि २ वटा घर भाँडामा लिएर आम नागरिकलाई सेवा दिदैँ आइरहेको छ भने घर धनीलाई पनि मासिक घरको भाँडा समेत तिर्दै आएको र अबको केही दिन देखि आफ्नै प्रशासनिक भवनबाट सेवा विस्तार गर्ने तयारीमा थबाङ गाउँपालिका जुटिरहेको समेत बताउनुभयो।

  

गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएपश्चात अहिले आफूहरू २०७९ चैत मसान्तसम्म भाँडामा लिएका २ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्ने तयारीमा रहेको र गरिसक्ने समेत बताउनुभयो।अब हाम्रो“सेवा पुरानो ठाउँबाट नभएर आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान हुनेछ,थबाङ गाउँपालिकाका आम नागरिकहरु सेवा लिन पहिलेको ठाउँबाट नभएर नयाँ ठाउँबाट दिने तयारी छौँ र हामी त्यसको तयारीमा लागेका छौँ“उनले भने।थबाङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य सुरु २०७७ मङ्सिर देखि सुरुभइ २०७९ माघ महिनामा सम्पन्न भएको थबाङ गाउँपालिकाका इन्जिनियर चन्द्र प्रकाश वलीले जानकारी दिनु भएको छ।वलीका अनुसार भवन निर्माण कार्यको लागि पहिले हामीले टेण्डर आव्हान गरेका थियौं भने करिब ६ करोड ७२ लाख बराबराबरको टेण्डर थबाङ गाउँपालिकाले गरेको थियो।तर निर्माण व्यावसायीले घटेर करिब ४ करोड ५२ लाखमा ठेक्का सम्झौता गरी काम अगाडि बढाएको समेत बताउनुभयो।साथै निर्माण व्यावसायीले आर्थिक बर्ष २०७९÷०८० को असार मसान्तसम्म सक्ने लक्ष्य लिएता पनि करिब ६ महिना अगाडिनै माघ महिनामा काम सम्पन्न गरेको समेत उहाँले बताउनुभयो।थबाङ गाउँपालिकाको प्रशासनिक भवन ३ फलाइटको रहेको छ जसमा १ फलाइटमा १२ वटा कोठा रहेका छन् जम्मा ३६ वटा कोठाहरु रहेको पालिका इन्जिनियर वलीको भनाइ रहेको छ।त्यस्तै प्रत्येक ३ फलाइटमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय रहेको छ भने करिब ३० देखि ३५ जना जति अटाउने हल समेत रहेको बताइएको छ।

- Advertisement -
Ad image

 

करिब ३ बर्षमा प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको बताउदै“निर्माण व्यावसायीले निरन्तर आफ्नो काम अगाडि बढाएको र कोरोना महामारीको समयमा पनि केही सामान खरिद,ढुवानी लगायतमा भनेको बेला माल सामान नआएपनी कामलाई अगाडि बढाएर अहिले सम्झौता गरेको अन्तिम समयमा सक्नुपर्ने काम ६ महिना अगावै सम्पन्न गरेको र निर्माण व्यावसायीको आर्थिक कार्यको भुक्तानी दिने काम समेत थबाङ गाउँपालिकाले दिइसकेको“उनले भने।थबाङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने भएपछी पहिले देखि घरको भाँडा तिर्दै आएको समस्या केही हदसम्म हट्नेमा आफू विश्वस्त भएको थबाङ गाउँपालिकाका अध्यक्ष ऋृषिकेशव बुढा मगरले बताउनुभयो।हामीले प्रत्येक महिना घर भाँडा मात्र १ लाख बराबर तिर्दै आएका छौँ अब त्यो समस्या बिस्तारै हट्दै छ तर वडाको समस्या भने उस्तै हुने समेत बताउनुभयो।साथै थबाङ गाउँपालिका भित्र ५ वटा वडा कार्यालयहरु रहेको बताउँदै सबै वडा कार्यालयहरु भाँडाका भवनबाट अगाडि बढिरहेको छ,जसमा १ वडा कार्यालयको सेवा व्यक्ति घरबाट प्रदान भइरहेको छ र २ वटा वडा कार्यालयको सेवा पहिलेको गाविस भवनबाट प्रदान भइरहेको छ ।

 

भने २ वटा वडा कार्यालयको सेवा पनि सामुदायिक भवन मार्फत प्रदान भइरहेको समेत बताउनुभयो।अझै केही समयपछी मात्र थबाङ गाउँपालिकाको सबै वडा कार्यालय भवनको निर्माण कार्य अगाडि बढ्ने र आफ्नै वडा कार्यालय निर्माण भएपछि गाउँपालिका तथा वडा कार्यालय थबाङ गाउँपालिकाको हुने समेत बताउनुभयो।हरेक बर्ष घरको भाँडा मात्र करिब १२ लाख भन्दा माथि तिर्दै आएको र अब त्यो समस्या हटेपछि उक्त रकमले केही विकास हुने समेत बताउदै यसरी थबाङ गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भइ सेवा प्रदान गर्न लागेकोले आम नागरिकहरु खुशी भएको पालिका अध्यक्ष बुढा मगरको भनाइ रहेको छ।प्रशासनिक भवन निर्माण गर्नमा निवर्तमान जनप्रतिनिधिहरुको महत्त्वपूर्ण योगदान रहेको छ,उहाँहरुलाई धन्यवाद दिन्छु“मैले सुन्नमा आएको छ, केही व्यक्तिले गाउँपालिकाको प्रशासनिक भवन बनाउनमा आफ्नो निःशुल्क जग्गा दान गर्नु भएको रहेछ,अहिले उहाँहरुको सहयोगले गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बनेको मेरो तर्फबाट र पालिकाको तर्फबाट उहाँहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दछु अध्यक्ष बुढा मगरले भने अझै गाउँपालिकाको प्रशासनिक भवनको करिब १ करोड बराबरको काम छ जसमा घेरबार र खानेपानी लगायत रहेका छन त्यो पनि आर्थिक बर्ष २०८०÷०८१ मा पुरा हुन्छ“उनले भने।

थबाङ गाउँपालिका २०७४ देखि व्यक्तिको २ वटा घर भाँडामा लिएर आफ्नो सेवा प्रदान गर्दै आएको थियो।२०७४ साल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा थबाङ गाउँपालिकाको अध्यक्षमा वीर बहादुर घर्ती मगर निर्वाचित भएका थिए।निवर्तमान थबाङ गाउँपालिकाका अध्यक्ष घर्ती मगरको कार्यकालमै प्रशासनिक भवन निर्माणको जग्गा व्यवस्था,टेण्डर आह्वान र ठेक्का सम्झौता गरेर निर्माण कार्य अगाडि बढेको थियो।रोल्पा जिल्लाका १० वटा स्थानीय तह मध्ये आफ्नै प्रशासनिक भवन निर्माण गरेर सेवा प्रदान गर्नेमा परिवर्तन गाउँपालिका रहेको छ भने दोस्रो सुनछहरी गाउँपालिका रहेको र तेस्रो थबाङ गाउँपालिका रहेको छ।अन्य केही पालिकाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याएका छन भने केही पालिकाले सुरु गरिरहेका छन र केही पालिकाले सुरुवात गर्ने तयारीमा समेत रहेका छन।

प्रतिक्रिया दिनुहोस्