Ad image

सुनिलस्मृति गाउँपालिकाको चैत्र २६ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि विषयगत शाखा प्रमुखहरुको छलफल सकियो

मालश्री खबर
मालश्री खबर २५ चैत्र २०७९, शनिबार
2 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाको चैत्र २६ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि विषयगत शाखा प्रमुखहरुको छलफल सकिएको छ । गाउँपालिकाले भोली २६ गते आइतबार दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिझिङमा गर्दैछ ।

सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङमा हुने दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमकामा विषयगत शाखाले प्रस्तुत गर्ने प्रगति प्रतिवेदनका बारेमा छलफल चलेको हो । अहिले सम्म विषयगत शाखाबाट भए गरेका प्रगतिका बारेमा छलफल गरि सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिने सुुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले जानकारी दिनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित महानुभावहरुको सबै भन्दा पहिले सिट आसन गराइने छ । त्यस पश्चात सम्पुर्ण विषयतग शाखा प्रमुखहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरि वस्ति स्तरमा संकलन गरिएको नागरिक निर्गम अभिमत, नागरिक प्रतिवेदन र संकलित सेवाग्राहीहरुको प्रश्न, प्रतिकृया, गुनासो प्रसारण गरिने छ । संकलित पश्नहरुको सम्वन्धित शाखा प्रमुखहरुबाट समाधान खोजिने छ ।

- Advertisement -
Ad image

कार्यक्रममा उपस्थितहरुबाट नदोहोरिने गरि पुन प्रश्न, प्रतिकृया, गुनासो मागिने छ । सहभागिहरुबाट आएको गुनासोहरुको समाधान पश्चात छोटोमा समापन मन्तब्य जोडिने छ । समापन मन्तब्य पछि छलफलमा उठेमा विषय बस्तुहरुलाई लिपिबद्ध गरेर आगामि दिनमा के गर्न सकिन्छ भनेर सम्वन्धित शाखा प्रमुख, जनप्रतिनिधिहरुलाई प्रतिबद्ध गराउने र प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कार्यक्रमको समापन गर्ने कार्य तालिका रहेको गाउँपालिकाले जनाएको छ ।

सुनलिस्मृति गाउँपालिकाले आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण राजनितिक दल, निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, बिभिन्न समिति, उपसमिति, उपभोत्ता तथा आम नागरिकहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङको चन्द्रप्रभा माध्यामिक विद्यालयमा सम्पन्न हुदै छ । सोही दिन हुने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि एक जना सार्वजनिक सुनुवाई संयोजक करारमा नियुक्ति गरि गाउँ बस्तिमा सुझाव संकलन समेत गरि सकिएको छ ।

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सभ्य, भब्य एवं म¥यादिन रुपमा सम्पन्न गर्नका लागि वडा कार्यालयले सबैलाई आग्रह गरेको छ । चैत्र २६ गते विहान १० – ३० बाट मिझिङमा सम्पन्न हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि हार्दिक आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array