Ad image

लुङ्ग्री गाउँपालिकाको सार्वजनिक सुनुवाई पाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २५ चैत्र २०७९, शनिबार
4 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर चैत २५ गते, रोल्पा । 

लुङ्ग्री गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा न. १ को कार्यालय पाङमा सम्पन्न भएको छ । शुक्रबार लुङ्ग्री गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई गरीएको हो । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको लुङ्ग्री गाउँपालिकाले जानकारी दिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिकाको आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक प्रगतिको हालसम्म भएको प्रगतिको बारेमा गाँउपालिका भित्र रहेको बिभिन्न शाखाका प्रमुखहरुले सार्वजनिक गरेको बताइएको छ ।

प्रगति सार्वजनिक गर्ने शाखाहरुमा पशु शाखा प्रमुख किरण केसी, कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डे, स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकी, शिक्षा शाखा प्रमुख भेषबहादुर विष्ट, पुर्वाधार विकास शाखाका प्रतिनिधी टेकेन्द्र घर्ति, पंजिकरण शाखा प्रमुख सुन्दर घर्ति, आर्थिक तथा प्रशासन शाखा प्रमुख निमराज सुवेदी, उद्यम विकास शाखाका प्रमुख धनकला गुरुङ, महिला तथा बालवालिका शाखाका प्रमुख कल्पना सुवेदी, योजना शाखा प्रमुख आदर्श केसी, बहुक्षेत्रीय पोषण शाखाका डोरबहादुर खड्का, रोजगर शाखाका रोजगार सहायक शिशिर घर्तिले यो आर्थिक वर्ष २०७९/०८० मा आफ्नो शाखाबाट दोस्रो चौमासिक सम्म आईपुग्दा भएका प्रगतिको प्रस्तुत गर्नुका साथै गर्न बाँकी कार्यक्रम तथा योजनाको बारेमा समेत जानकारी गराएको थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासाहरु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरुले मेताएका थिए । साथै आगामी दिनमा पालिकाबाट प्रबाह हुने सम्पुर्ण सेवाहरु थप चुस्त, दुरुष्ट, मितव्ययी, प्रभाकारी र पार्दर्शी बनाउने समेत बताएका छन् । आउने दिनहरुमा पालिकाले आवश्यकताको आधारमा बजेट विनियोजन गरिने गाँउपालिका अध्यक्ष भरत कुमार थापाले बताउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमार गुरुङ, वडा नम्बर १ देखि ७ सम्मका अध्यक्षहरु क्रमश गणेश पुन, अमृतबहादुर घर्ति, नेमलाल खड्का, विरबल खड्का, रिषबहादुर रोका, जोखबहादुर बुढाथोकी र हिराबहादुर पुनमगर, गाउँकार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढा, नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिका उपसभापति मोती पुन मदन, नेकपा एमालेका प्रतिनिधी ताजे पुन, नेकपा माओबादीका प्रतिनिधी महेन्द्र गुरुङ, राप्रपा का प्रतिनिधी चन्द्र पुन, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनीधी, पत्रकार, स्थानिय बुद्धिजिवी, सुरक्षा कर्मी लगाएतको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन वडा नम्बर ५ का वडा सचिव गणेश विष्टले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण अधिकारकर्मी भोलानाथ आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रमको सामुदायिक रेडियो मालश्रीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित केहि व्यतिले स्थानिय सरकारलाई आगामि दिनको जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्न सल्लाह सुझाव दिएका थिए । सल्लाह सुझाव दिनेहरुमा नरबहादुर पुन, ताजे पुन, राम बहादुर घर्ती, चन्द्रबहादुर पुनमगर, मनिषा बुढाथोकी, गणेश पुनमगर, डोरबहादुर पुनमगर, भिममायाँ घर्ती, अनिसा पुनमग, पुजा पुनमगर, चित्रै पुन, निर्मायाँ पुन, युमती केसी, भरत घर्ती, सुन्दर पोख्रेल, हर्कबहादुर पुन, रुकुमबहादुर बिष्ट, मति पुन र महेन्द्रकुमार गुरुङ लगाएत रहनु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने अधिकांस नागरिकहरुले हाम्रो लाई भन्दा नागरिकको आवश्यकतालार्य पहिचान गरेर सेवा सुबिधा प्रदान गर्न सुझाब दिएको थिए । हिजो मतदान जस्ले गरेर जिताएको भए पनि अब जनप्रतिनिधी भए पछि सबैको साझा भएर काम गर्न समेत स्थानिय सरकारलाई सल्लाह सुझाब दिएको थिए ।

   

प्रतिक्रिया दिनुहोस्

Array