Ad image

प्रभु बैंक लिमिटेडले रोल्पा बहुप्राविधिक शिक्षालय मेवाङमा वित्तीय साक्षारता सम्बन्धी कार्यक्रम सञ्चालन ग¥यो

मालश्री खबर
मालश्री खबर २४ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर चैत २४ गते, रोल्पा ।
“विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने नाराका साथ स्थापित प्रभु बैंक लिमिटेड जिल्ला शाखा लिवाङ रोल्पाले वित्तीय साक्षारता सम्बन्धी कार्यक्रम सम्मपन्न छ । शुक्रबार शाखाले रोल्पा बहुप्राविधिक शिक्षालय रोल्पा नगरपालिका वडा नम्बर १ मेवाङमा उक्त कार्यक्रम गरीएको हो । सोकार्यक्रममा प्रविधिक शिक्षालयका करिव १५० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बैंक भनेको के हो ?, बैंकले के कस्ता सेवाहरु प्रबाह गर्दछन्, बैंकको निक्षेप सेवा, कर्जा सेवा, खाताका प्रकार, खाता खोल्दा आवश्यक पर्ने कागजात, निक्षेपका प्रकार, निक्षेपको परिचालन, कर्जा प्रबाह, कर्जा प्रबाह गर्दा आवश्यक पर्ने कागजात, कर्जाको बर्गिाकरण, बचत गर्ने बानीको विकास, बचतका फाईदा, डिजिटल बैंकिङ सेवा लगाएतका विषयमा प्रभु बैंक लिमिटेड जिल्ला शाखा रोल्पाका शाखा प्रबन्धक सविन केसीले प्रस्तुती दिनु भएको थियो । कार्यक्रमको सञ्चालन शाखका सञ्चालन प्रमुख रमेश चौधरीले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

रोल्पामा करिव २ वर्ष अगाडी शाखा सञ्जाल विस्तार गरेको यस बैंकले जिल्लाका करीब ५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस बैंकको हाल नेपाल भर ३६५ शाखा रहेका छन् भने शाखा रहित बैंकिङ सञ्जाल ७१ वटा रहेका छन् । ३०९ स्थानबाट एटिएमको सुविधा पनि उपलब्ध गराउदै आएको यस बैंकले ३१ लाख भन्दा बढी ग्राहकलाई विभिन्न प्रकारका निक्षेपहरु (सामान्य, वेल्कम, स्यालरी, खुत्रुके, गुडलक्, फोरेन, अशीवार्द मुद्यदी बचत), कर्जाका सेवाहरु (प्रभु सवारी, प्रभु घर, प्रभु धितो सम्पक्ति बापट कर्जा र प्रभु धितो पुँजी वापत कर्जा) साथै गैरकोषमा आधारीत सेवाहरु प्रबाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array