Ad image

आगोलागी नियन्त्रणको कृतिम अभ्यास सम्वन्धि सचेतनामुलक कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर चैत २३ गते, रोल्पा ।

जिल्ला विपद व्यवस्थापन समिती रोल्पाको आयोजनामा गर्मीयामामा आगोलागी नियन्त्रणको कृतिम अभ्यास सम्वन्धि सचेतनामुलक कार्यक्रम गरीएको छ । सुनिलस्मृति गाउँपालिकाको समन्वयमा सुलिचौरमा विहीबार उत्त कार्यक्रम सञ्चालन गरीएको हो । जिल्ला विपद व्यवस्थापन समिति रोल्पाको आयोजनामा कार्यक्रम सञ्चालन गरीएको बताइएको छ ।

कार्यक्रममा आगलागीबाट कसरी बच्न सकिन्छ, आगो लागेमा कसरी निभाउने, कसरी आफु र आफ्नो परिवार सुरक्षित रहने, आगलागी पीडितहरुलाई के के राहत समाग्रीहरुको व्यवस्था रहेको छ लगाएतका विषयमा त्यहाँका स्थानियलाई जानकारी गराईएको थियो । सोही सचेतना कार्यक्रममैै आगलागी भई सकेपछि प्रहरीलाई कसरी खबर गर्ने र खबर गरी सकेपछि आगलागीको बारेमा मुचुल्का उठाई प्रहरीले क्षतिपुर्तिको विवरण संकलन गरी आगलागी पीडित भएका घरपरिवारलाई राहत स्वरुप नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाले त्रिपाल, कम्बल, भाडाँकुडा लगाएतका सामाग्रीहरु वितरण गरेको लगाएतका कार्यहरु प्रस्तुती गरीएको थियो ।

- Advertisement -
Ad image

नेपाली सेना, शसस्त्र प्रहरीले आगलागीबाट जोगिने कृतिम अभ्यासकोबारेमा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले राहत वितरणको बारेमो डेमो देखाएका थिए । कार्यक्रमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथेकी, जिल्ला विपद व्यस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,बटुक दल गण रोल्पाका प्रमुख सेनानी मणिराम थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख श्यामकुमार शारु मगर, शसस्त्र प्रहरी प्रमुख भरतबहादु बिसी, रोल्पा जिल्ला अनुसन्धान प्रमुख कुशल थापा मगर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाका सभापती डिबी घर्तिमगर, युएन एफपिएका जिल्ला परियोजना अधिकृत केदार राणामगर, सुनिलस्मृति गाउँपालिकाका स्थानियबासी, पालिकाका विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको त्यहाबाट हाम्रा सहकर्मी बालकुमारी सुवेदीले जानकारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array