सुनिलस्मृति गाउँपालिकाको चैत्र २६ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रमको तयारी तिब्र पारिदै

मालश्री खबर
मालश्री खबर २२ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितीका लागि सरोकारवाला सबैलाई आग्रह गरिएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङमा हुने दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका लागि सहभागि हुन सम्पुर्णलाई आग्रह गरिएको हो ।

सुनलिस्मृति गाउँपालिकाले आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण राजनितिक दल, निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, बिभिन्न समिति, उपसमिति, उपभोत्ता तथा आम नागरिकहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ ।

सुनिलस्मृति गाउँपालिकाले हरेक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ । घुम्ति सार्वजनिक सुनुवाई गर्दै आएको यस गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नं. ७ तेवाङमा सम्पन्न गरेको थियो । यहि आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङमा यहि चैत्र २६ गते सम्पन्न हुदै छ ।

चैत्र २६ गते मिझिङमा सम्पन्न गर्न लागिएको सार्वजनिक सुनुवाई कार्यक्रम रोल्पा जिल्लामै पहिलो पटक कार्यविधि बनाएर सम्पन्न गर्न लागिएको सार्वजनिक सुनुवाई कार्यक्रम हो । सोही दिन हुने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि एक जना सार्वजनिक सुनुवाई संयोजक करारमा नियुक्ति गरि गाउँ बस्तिमा सुझाव संकलन समेत भइरहेको छ ।

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सभ्य, भब्य एवं म¥यादिन रुपमा सम्पन्न गर्नका लागि वडा कार्यालयले सबैलाई सहयोग गर्न समेत आग्रह गरेको छ । कार्यक्रममा चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पन्न भएका योजना, सम्पन्न हुन बाँकी योजना, गाउँपालिकाले प्रवाह गरेको सेवा प्रवाहका बारेमा जनताका गुनासा, सुझाव, प्रश्न प्रतिकृया आदिका बारेमा साँझा बहस हुने छ ।

सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गाबहादुर विष्टद्वार हस्ताक्षेरित सुचनामा चैत्र २६ गते विहान १० ः ३० बाट मिझिङमा सम्पन्न हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि हार्दिक आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्